विज्ञापन

सरकार र पार्टीबीच बढ्दो संशयका बिच प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

विज्ञापन
Image
विज्ञापन

साउन२४, काठमाडौं । सरकार र पार्टीबीच बढ्दो संशय र तिक्तताबीच प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच ४५ मिनेट कुराकानी भएको छ । प्रधानमन्त्री बालेनलाई भेट्न सभापति लामिछाने आइतबार साँझ बालुवाटार पुगेका थिए ।

बालेनले पछिल्लोपल्ट फेसबुकमा आफू विभिन्न चुनौतीसँग एक्लै लड्नुपरेको भनी अभिव्यक्ति दिएपछि सभापति लामिछाने असन्तुष्ट छन् । साथै केही राजनीतिक नियुक्ति, सरकारका सम्भावित कदम तथा पार्टीका अपेक्षाबारे दुई नेताबीच कुराकानी भएको स्रोतले बतायो ।

भेटमा प्रधानमन्त्रीले छिटै गर्ने भनिएको भारत भ्रमण तथा सभापति लामिछानेले केही दिनपछि गर्ने भनिएको चीन भ्रमणका बारेमा पनि विषय उठान भएको बुझिएको छ ।
यो पनि पढ्नुहोस
प्रधानमन्त्री-रास्वपा : बढ्दैछ छटपटी
‎उच्च स्रोतका अनुसार राजदूतहरुको छनोट, केही उच्च तहका नियुक्ति तथा मन्त्रीहरुको भूमिकाबारे पनि रवि लामिछाने र बालेनका बीचमा कुराकानी भएको बुझिएको छ । दुई नेताबीच एकदमै दरार उत्पन्न भएजस्तो गरेर बुझिएको छ, त्यस्तो केही होइन । यसलाई नियमित छलफल मान्न सकिन्छ, बालुवाटार स्रोतले भन्यो ।

‎लामिछानेले पार्टीका उपसभापति तथा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई लगेर बालुवाटार पुगेको पार्टी स्रोतले जानकारी दिए पनि सुरक्षा स्रोतले उक्त कुरा पुष्टि गरेन । बालेनसँग मूख्य सल्लाहकार कुमार बेन साथमै रहेको बताइएको छ । तर संचार माध्यमम  बेनले आफू उक्त भेटमा सहभागी नभएको दाबी गरे ।

‎बालेन प्रधानमन्त्री बनेयता लामिछाने दोस्रोपल्ट बालुवाटार निवास गएका हुन् । बालेनले निवासमा अनौपचारिक जमघट र पारिवारिक बाहेक प्रायः कुनै पनि भेटघाट गर्दैनन् ।‎यसअघिको भेटमा भने लामिछाने र बालेनसँग कुमार बेनलगायत उच्च तहका केही नेता सामेल रहेको उच्च सुरक्षा स्रोतले पुष्टि गरेको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन