नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र तुर्माखाँद गाउँपालिकाको तेस्रो पालिका अधिवेशनको बन्द सत्र प्रक्रिया सम्पन्न भएको छ!दुई दिन सम्म चलेको बन्द सत्रबाट पुन्ह मन बहादुर बयकलाई नै अध्यक्षतामा निर्वाचित गरेको हो! जसको उपाध्यक्ष हरि जैशी,ददिराम बुढा,हर्क तिरुवा ,सचिवमा नरेन्द्र लम्साल ,सह-सचिब जगत शर्मा ,कोषाध्यक्ष गंगा विसि लगायतको ३७सदस्यीय पालिका कमिटी सर्वसम्मत निर्वाचित भएको हो !निर्वाचित अध्यक्ष बयकले पार्टीलाई एकता एकता बद्द गर्दै ,सबै संग हातेमालो गरि मिसन ८४मा जित्ने पार्टी बनाउने बताउनु भएको थियो!
अधिवेशनको खुल्ला सत्रमा प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रिय सदस्य एंवम अछाम इन्चार्ज, संविधान सभा सदस्य शरद सिंह भणडारी रहनुभएको थियो भने कार्यक्रममा विशिष्ट अतिथि केन्द्रिय सदस्य एंवम निर्वतमान प्रदेस सभा सदस्य कुन्ती जोशी ,केन्द्रिय सदस्य दिपक साउद तरङ्ग ,केन्द्रिय सदस्य राम प्रशाद तिमिल्सेन राप्ती र माओवादी केन्द्रका सुदुरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष एंवम निवर्तमान आर्थिक मामिला मन्त्री प्रदेश सभा सदस्य अक्कल बहादुर रावल रहनुभएको थियो ।कार्यक्रमको अतिथिमा जिल्ला संयोजक रविन्द्र साउद,जिल्ला सचिव उदय विष्ट,पालिका ईन्चार्ज जोरासिंह विष्ट,प्रदेस सदस्य ध्रुर्व विष्ट,रतन विक,बौदिक नेता दल बहादुर विसि,युवा नेता धरणिधर जैसि रहनुभएको थियो ।कार्यक्रममा नेपाल दलित मुक्ति मोर्चाको जिल्ला अध्यक्ष रोशना बिक, अखिल क्रान्तिकारिका जिल्ला सदस्य विमल बयक लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो!
अधिवेशनको बन्दसत्र बाट नया नेतृत्व सहित आगामी कार्ययोजना तयार पारिएको सह-सचिव जगत शर्माले जानकारी दिनुभएको थियो!

























