नेपाल सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई दिइँदै आएको सुरक्षा सेवा घटाएको छ। २५ जना सुरक्षाकर्मीमध्ये १० जना फिर्ता बोलाइएका छन्, जसले चर्चा पाइरहेको छ।
यसअघि पूर्वराजपरिवारका लागि १५५ जना सशस्त्र प्रहरी खटाइएका थिए, तर अहिले सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ। साथै, इन्धनसहितको तीनवटा सरकारी सवारी साधन पनि फिर्ता लिने तयारी छ।
सरकारले पूर्व राष्ट्रप्रमुखको रूपमा उपलब्ध गराउँदै आएको सुविधा कटौती गर्ने संकेत दिँदै यो निर्णय लिएको हो।
प्रतिक्रिया जनाउनुहाेस्
























