विज्ञापन

राष्ट्रिय प्रजातन्त्र पार्टी निर्मल निवास सामू निरीह देखिएको: महासचिव पोख्रेल

विज्ञापन
Image
विज्ञापन

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्रिय प्रजातन्त्र पार्टी निर्मल निवास सामू निरीह देखिएको टिप्पणी गरेका छन्।
राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको शनिबार बसेको बैठकले तीनकुनेमा प्रहरीले दमन गर्न थालेपछि प्रदर्शनकारीले प्रतिरोध गरेको निर्णय गरेपछि उनले यस्तो टिप्पणी गरेका हुन्।
‘बंगलादेशको मोडेलमा सत्तापलट गर्ने पूर्वराजा ज्ञानेन्द्रको योजना कार्यान्वयन गर्न ‘जनकमान्डर’ तोकिएका दुर्गा प्रसाईंद्वारा परिचालित गरिएका हुल्लडवाजहरूले गरेको आपराधिक क्रियाकलापको भारी सुरक्षाकर्मीलाई बोकाएर पानीमुनिको ओभाने बन्न खोजिरहेका छन् राजावादीहरू। तर खुला समाजमा सबै कुरा छर्लंग नै छ,’ उनले भनेका छन्, ‘राजावादी र पूर्वपञ्चहरूले यो सबै अपराधको भारी दुर्गा प्रसाईं र उनका अनुचरलाई बोकाएर उम्कन खोजेको भए थोरै भए पनि विश्वास गर्थे होला नेपाली जनताले।’

तीनकुने क्षेत्रमा घटना घटेको दिनसम्म राप्रपाको संस्थापनपक्षलाई यस्तै लागेको तर निर्मल निवासको ‘थ्रेट’का सामु उनीहरू निरही देखिएको पोखरेलले बताएका छन्।अहिले भन्न थाले प्रहरी दमनको प्रतिरोध गरेका हुन् आन्दोलनकारीले। आँखो देखा सत्यलाई निर्मल निवासको भयले थिच्दा यस्तै भयो पूर्वपञ्चहरूको नियती,’ उनको टिप्पणी छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन