कंचनपुर जनयुद्धमा श्रीमान् पुष्कर शर्मा र कान्छो छोरा हेमराज शर्मा गुमाएकी आमा खिमा शर्माको घरमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गएराति बास बसेका छन् ।कञ्चनपुरको पुनर्वास नगरपालिका–२, मोतिबस्तीस्थित सहिद परिवारको घरमा अध्यक्ष प्रचण्ड नेतृत्वको अभियान टोली मंगलबार साँझ पुगेको थियो। खिमा शर्मा अहिले आफ्नो जेठो छोरासँग बस्दै आएकी छिन् ।जनयुद्धमा यस ठाउँबाट १५ जना सहिद भएका थिए ।
प्रतिक्रिया जनाउनुहाेस्



























