विज्ञापन

समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छु : प्रचण्ड

विज्ञापन
Image
विज्ञापन

२० वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादको आधार तयार पारेर मात्रै यो दुनियाँबाट बिदा हुने संकल्प आफूले लिएको बताएका छन् ।दक्षिणकाली नगर समितिको चौथो नगर सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।पछिल्लो पटक पार्टीले आयोजना गरेको तराई–मधेश जागरण अभियानबाट आफूलाई अझै उत्साह थपिएको बताउँदै संगठन निर्माणका लागि पार्टी पंक्तिलाई निर्देशन दिए ।
सुशासन सामाजिक न्याय र आर्थिक न्याका लागि एकपटक सबैले दृढ संकल्पका साथ संगठन निर्माण, विस्तारको आवश्यकता छ,’ पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले भने, ‘जसरी म अहिले ७१ वर्ष भए पनि नयाँ क्रान्तिको नेतृत्व गर्ने र समाजवादको आधार तयार पारेर मात्रै यो दुनियाँबाट जाने संकल्पमा छु । तपाईंहरूले पनि यो आँट गर्नुभयो भने यो देशको राजनीतिक रंगमञ्च बदल्न सक्नुहुनेछ ।’साथै, उनले आफूहरूको अपेक्षाभन्दा धेरै उपलब्धि अभियानबाट प्राप्त भएको दाबी गरे । प्रचण्डका अनुसार, करोड भन्दा बढी जनतासँग यो अभियानका क्रममा संवाद पार्टीका नेताहरूले गरेका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन