३० बैशाख काठमाडौं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारमाथि हुने आलोचनालाई स्वीकार गर्न तयार रहेको बताएका छन्।
उनले सामाजिक सञ्जाल र सोसल नेटवर्क प्लेटफर्महरूको नियमन आवश्यक रहेको बताए।
उनले सोसल नेटवर्कको प्रयोग र सञ्चालनको नियमन गर्न विधेयक संसदमा पेश भएको र चाँडै पारित हुने आश्वासन दिय ।मंगलबार बालुवाटारमा सिनेपा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोष समारोहलाई सम्बोधन गर्दै उनले बिग्रिएको ठाउँमा आलोचना गर्न आग्रह गरे । तर, विरोधका लागि विारेध मात्रै नगर्न उनले सचेत पनि गराए ।
तपाईंहरू सबैले आलोचना गर्नुस् हामीलाई । हाम्रा कुराहरु खण्डन हुनसक्छ । खण्डन हुनसक्छ । त्यो हामी स्वीकार्न तयार छौँ । कहाँ बिग्रियो त्यो भन्नुहोला । देशको हितमा, यो क्षेत्रको हितमा । जनताको हितमा कहाँ भएन ? लोकतन्त्रको हितमा कहाँ भएन भन्नुहोला,’ उनले भने, ‘हामी स्वीकार्न तयार छौँ । विरोधका लागि विरोध गर्ने भाष्य विकास भइरहेको छ । त्यसको व्यवस्थापनको कुरा गर्दा त्यहाँ पनि हामीले ठूलो ठूलो समस्या भोग्नुपरेको छ ।’
मन्त्री गुरुङले सोसल नेटवर्कको प्रयोग, सञ्चालन र नियमन गर्ने विधेयक संसदमा पेश भइसकेको र चाँडो भन्दा चाँडो पारित गर्ने पनि बताएका छन् ।
विज्ञापन

सरकारमाथि हुने आलोचना स्वीकार गर्न तयार छौं : सञ्चार मन्त्री गुरुङ
विज्ञापन


विज्ञापन

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन

विज्ञापन

विज्ञापन
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन
# ट्रेण्डिङ
विज्ञापन

विज्ञापन
















