माओवादी केन्द्रका सांसद वर्षमान पुनले गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताएका छन्। मंगलबारको प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै उनले अनुसन्धान गर्ने सबै निकाय गृहमन्त्रीमातहत भएकाले अनुसन्धानका लागि राजीनामा दिएर गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्नेमा जोड दिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसाका नाममा भएको ठगीमा गृह मन्त्रालयको संलग्नता देखिएको भन्दै उनले गृहमन्त्रीको राजीनामा नआए सदनको नियमित प्रक्रिया अगाडि बढ्न नसक्ने चेतावनी दिए । प्रतिपक्षी बेन्चमा बसेर अरू सांसदलाई नैतिकताको पाठ सिकाउने गृहमन्त्रीले नैतिक रूपमा राजीनामा दिएर अनुसन्धानलाई सघाउनुपर्ने बताए ।
प्रतिक्रिया जनाउनुहाेस्




























