विज्ञापन

मेल्लेखमा नि:शुल्क आँखा शिविर, १५० जनाकाे शल्यक्रिया गाउँमै सेवा पाएपछि स्थानीय खुसी

विज्ञापन
Image
विज्ञापन

जेठ १८
अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ५ बिन्धेबासनी स्थित मेल्लेख स्वास्थ्य चाैकीमा संचालन भएको दुई दिने निशुल्क आँखाकाे शल्यक्रिया शिविर साेमबार सम्पन्न भएको छ ।

मेल्लेख गाउँपालिकाकाे आयोजना वडा नम्बर ५ बिन्धेबासिनी काे व्यवस्थापन तथा च्यारिटी हेल्थ फाउन्डेसन नेपालकाे आर्थिक सहयोग ,धनगढी नेत्रालय प्रालि र श्री कृष्ण आँखा अस्पताल प्रालिको सयुक्त प्राविधिक सहयोगमा निशुल्क आँखाको शल्यक्रिया शिविर संचालन गरिएको हाे ।

मेल्लेख गाउँपालिकाकाे आयाेजना ,आखा उपचार केन्द्र मेल्लेख र च्यारिटी हेल्थ फाउन्डेसन नेपालकाे प्रविधिक सहयोगमा जेठ ६ गते देखि १३ गते सम्म मेल्लेखका प्रत्येक वडामा पुगि निशुल्क आखा चेकजाँच तथा आँखासम्बन्धी समस्या भएका सेवाग्राहीहरूलाई परीक्षण, उपचार र आवश्यक परामर्श सेवा प्रदान गरिएको थियो ।

वडामा संचालित शिविरमा १४ सय ४९ जनाले आवश्यक औसधि सामान्य उपचार सेवा लिएका थिए ।
जसमध्ये रिपोर्टकाे आधारमा छनाेट,आखामा समस्या अर्थात माेतिबिन्दु भएका १ सय ५० जनाकाे मेल्लेख स्वास्थ्य चाैकीमा नै विशेषज्ञ डाक्टरहरुकाे टाेलि द्वारा आखा काे शल्यक्रिया गरेकाे डाक्टर अर्जुन श्रेष्ठले बताएका छन ।

यस्तै १सय १७ जनालाई चस्मा वितरण र अन्यलाई आवश्यक औसधि समेत वितरण गरेकाे थयाे ।
जस्मा महिला ९९ जना र पुरुष ५१ जनाकाे शल्यक्रिया गरिएको च्यारिटी हेल्थ फाउन्डेसन नेपालका कार्यक्रम सयाेंजक अनिल न्याैपानेले जानकारी दिनुभएको छ ।

शिविर बारे बाेल्दै मेल्लेख गाउँपालिकाका अध्यक्ष ज्वाला सिं साउदले साउदले मेल्लेख गाउँपालिकाले  शिविरहरू मार्फत पालिकाका नागरिकलाई गाउँ घरमै नि:शुल्क स्वास्थ्य उपचार तथा चेक जाँच र आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको अवगत गराउदै मेल्लेखका नागरिकलाई उपचारको लागि टाढा जानुपर्ने बाध्यता लाई हटाएको बताएका छन ।

यस्तै मेल्लेख गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष प्रकाश बहादुर अधिकारीले धेरैजसो बासिन्दा आर्थिक र भौगोलिक कारणले आँखाको उपचारका लागि बाहिर जान सक्दैनन्। “हामीले जनताको समस्या बुझेर गाउँमै विशेषज्ञ टोली ल्याएर सेवा उपलब्ध गराएकाे बताएका छन ।

यसैगरी मेल्लेख गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत हिक्मत बहादुर बुढाले शिविरमा खटिएका स्वास्थ्यकर्मीहरूको कार्यप्रति सन्तोष व्यक्त गर्दै यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

शिविरमा मेल्लेख–१ का नरबहादुर धामीले गाउँमै उपचार सेवा पाउँदा निकै राहत मिलेको बताउँदै भन्नुभयो, “पहिले आँखाको अप्रेसन गर्न धनगढी नेपालगन्जसम्म जानुपर्थ्याे, अहिले त गाउँमै सेवा पाइयो गुमेको आखाकाे ज्वाेती पु:न फर्केको भन्दै खुसि व्यक्त गर्नु भएको छ ।
शिविरमा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियोे । यही जेठ २५ गते पुनः आखा परिक्षणका लागि शल्यक्रिया गरेका सबैलाई आखा उपचार केन्द्र मेल्लेखमा आउन जानकारी गराएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन