असार
अछामको मेल्लेख गाउँपालिकामा पालिका स्तरीय बालअधिकार समितिको नियमित बैठक सम्पन्न भएको छ।
आस्था नेपाल वल्र्ड भिजनकाे सहयोग र मेल्लेख गाउँपालिका स्तरीय बालअधिकार समितिको आयाेजनामा बैठक सम्पन्न भएको हाे ।
मेल्लेख गाउँपालिका उपाध्यक्ष तथा बाल अधिकार समिति सयौंजक नृप बहादुर खड्काको अध्यक्ष्यतामा भएको बैठकमा मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउद प्रमुख अतिथि रहनु भएका थिए । बैठकमा पालिका अन्तर्गतका वडाहरुमा अति जाेखिममा रहेका बालबालिका ,अपांगता भएका व्याक्तिहरुलाई सहयोग पुग्ने गरि आवश्यक स्टेशनरी र साहेता सामग्री सहयोग गर्ने विषयमा छलफल गरिएको छ । यसै गरि आस्था नेपाल र मेल्लेख शिक्षा शाखाको साझेदारीमा शैक्षिक सामाग्री सहयोग गरिने जनाएको छ ।
बैठकमा बालबालिकाका लागि हाल सम्म भए गरेका क्रियाकलापकाे समिक्षा पनि गरिएको थियो । बैठकमा मेल्लेख गाउपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत हिक्मत बहादुर बुढा, स्थानीय बालअधिकार समितिका पदाधिकारी, आस्था नेपालका सामाजिक परिचालक बल बहादुर बिक लगायतको सहभागिता रहेकाे बैठकको सहजिकरण तथा संचालन आस्था नेपालका बाल संरक्षण फिल्ड अधिकृत तथा बाल अधिकार समिति सदस्य भ्वानसिह सार्की ले गर्नु भएको थियाे ।



























