३२ असार, काठमाडौं । अमेरिकाको लस एञ्जलसमा हुने २०२८ ओलम्पिकमा १२८ वर्षपछि फर्किएको क्रिकेट खेल हुने मिति र स्थान सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले खेल हुने मिति सार्वजनिक गरेको छ।
टी–२०आई फर्म्याटमा हुने क्रिकेटको पुरुष र महिला दुवैतर्फको प्रतियोगिता २०२८ जुलाई १२ देखि जुलाई २९ सम्म सञ्चालन हुनेछन्। पदक खेल अर्थात् फाइनल महिलाको लागि जुलाई २० मा र पुरुषको लागि जुलाई २९ मा हुनेछ।
१२८ वर्षपछि क्रिकेट दोस्रो पटक ओलम्पिकमा समावेश हुन लागेको हो। यसअघि सन् १९०० मा फ्रान्समा पहिलोपटक खेलिएको थियो, जसमा ग्रेट ब्रिटेनले स्वर्ण पदक जितेको थियो।
प्रतिक्रिया जनाउनुहाेस्
























