विज्ञापन

सरकारका कदमहरू सुशासनविरुद्ध : उपाध्यक्ष भुसाल

विज्ञापन
विज्ञापन

१ भदौ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले वर्तमान सरकारका कदमहरू सुशासनविरुद्ध रहेको आरोप लगाएकी छिन् ।

जनकपुरमा आइतबार पत्रकारहरूसँग कुरा गर्दै उनले सरकार सुशासनविरुद्ध भ्रष्टाचारजन्य, आफ्ना प्रतिद्वन्द्वीमाथि प्रतिशोध साँध्ने र जनविरोधी कानुनहरू ल्याउनेतिर लागेको आरोप लगाइन् ।

‘सरकारका एकपछि अर्को कदमहरू सुशासनविरुद्ध भ्रष्टाचारजन्य, आफ्ना प्रतिद्वन्द्वीमाथि प्रतिशोध साँध्ने, जनविरोधी कानुनहरू ल्याउने गरिरहेको छ,’ भुसालले भनिन् ।

भूमि विधेयक, संघीय निजामती ऐनमा देखिएको गडबडी लगायका विषय केलाउँदै सरकारले विधेयक अड्काएर राख्ने गरेको बताइन् ।

‘यहाँहरूले सुन्नुभएको छ, भुमीसम्बन्धी विद्येययको । संघियताको कार्यन्यवनका निम्ति बनेको संघीय निजामती ऐनमा कुलिङ अफ द पिरियडमाथी छेडखानी गरेर अहिले पनि त्यसलाई ढिलाइ गरिरहेको छ,’ उनले भनिन् ।

संविधानको मूल मर्मअनुरुप कानून बनाउने, कार्यन्वयन गर्ने, समावेशी संघिय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनेतिर सरकार नभएको उनको जिकिर छ ।

‘संविधानको मूल मर्मअनुरुप कानुन बनाउने, कार्यन्वयन गर्ने, समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनेतिर छैन,’ उनले भनिन् ।

उनले माओवादी पार्टीले विचार र कार्यदिशा मिल्ने सबै दलहरूसँग एकता गर्नको लागि वार्ता गरिरहेको पनि जानकारी दिइन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन