अछाम । नेपाली कम्युनिस्ट पार्टीले अछाम क्षेत्र नम्बर २ बाट अन्टेस्टेड, शालिन र भद्र व्यक्तित्वका रूपमा परिचित नेता बल बहादुर कुवर लाई प्रतिनिधिसभा सदस्यको निर्वाचनमा अघि सारेको छ।
नेपाली राजनीतिमा आज सबैभन्दा धेरै अभाव के छ भने त्यो हो— शालिनता, भद्रता र जनताप्रति उत्तरदायित्व। चर्को भाषण, कटु आरोप–प्रत्यारोप र व्यक्तिगत स्वार्थ हावी हुँदै गएको वर्तमान राजनीतिक परिवेशमा अछाम क्षेत्र नम्बर २ बाट नेपाली कम्युनिस्ट पार्टीका बल बहादुर कुवर लाई नेकपाले प्रतिनिधिसभा निर्वाचनको लागि चुनावी मैदानमा उतार्नु आफैंमा एउटा फरक सन्देश दिएको छ।
लामो समयदेखि राजनीतिमा सक्रिय रहँदै आउनु भएका कुवर जनमुखी, सरल र विवादरहित नेताका रूपमा अछाममा परिचित हुनुहुन्छ। पार्टी संगठन सुदृढीकरणदेखि जनताका दैनिक समस्या समाधानमा निरन्तर लाग्दै आउनु भएका कुवरलाइ नेपाली कम्युनिस्ट पार्टीले उम्मेदवारमा सारेसंगै स्थानीय स्तरमा सकारात्मक रूपमा हेरिएको छ।
नेपाली कम्युनिस्ट पार्टीले यस पटक अछाम क्षेत्र नम्बर २ मा परिवर्तन, सुशासन र जनउत्तरदायी राजनीतिको एजेन्डालाई अघि सार्दै कुवरलाई उम्मेदवार बनाएको नेकपा अछामले जनाएको छ। पार्टीका स्थानीय नेताहरूका अनुसार कुवरको शालिन स्वभाव, स्पष्ट विचार र इमान्दार छविका कारण नेकपाले (अन्टेस्टेड) नेताको रूपमा उहाँको नाम अघि सारिएको हो।
उम्मेदवारी दर्तागरेसंगै कुवरले अछामको विकास, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य र आधारभूत पूर्वाधारलाई प्राथमिकतामा राखेर जन्तासंग निरन्तर हातेमालो गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। “राजनीति सेवा हो भन्ने मान्यताका साथ जनताको भरोसा जित्ने गरी अघि बढ्नेछु,” उहाँले बताउनुभयो।
अछाम क्षेत्र नम्बर २ मा कुवरको उम्मेदवारीले निर्वाचनलाई थप चासोपूर्ण बनाएको छ। शालिन र भद्र व्यक्तित्वका कारण उहाँलाई सबै वर्गका मतदाताले सकारात्मक दृष्टिले हेरिरहेको राजनीतिक बृतमा चर्चा भइराखेको पाइन्छ ।आगामी निर्वाचनमा बल बहादुर कुवरले जनताको विश्वास जित्दै कस्तो परिणाम ल्याउने हुन् भन्ने विषय अछामवासीको चासोको केन्द्र बनेको छ।
अछाम जस्तो पछाडि पारिएको जिल्लामा राजनीति नारामा होइन, व्यवहारमा परिवर्तन देखिनु जरुरी छ। शिक्षा, स्वास्थ्य, रोजगारी र आधारभूत पूर्वाधारजस्ता मुद्दा यहाँ अझै पनि प्राथमिक आवश्यकताकै सूचीमा छन्। बल बहादुर कुवरको उम्मेदवारीले यी मुद्दालाई संसदको बहसमा पुर्याउने अपेक्षा गरिएको छ।
नेपाली कम्युनिस्ट पार्टीले कुवरलाई अघि सार्नु भनेको केवल उम्मेदवार चयन मात्र होइन, राजनीतिक संस्कार बदल्ने प्रयास पनि हो। शालिन, भद्र र इमानदार राजनीतिले पनि निर्वाचन जित्न सक्छ भन्ने सन्देश यस उम्मेदवारीले दिन खोजेको देखिन्छ।आज जनता नयाँ अनुहारभन्दा पनि नयाँ सोच र व्यवहार,सरल र अनटेस्टेड नेतृत्व खोजिरहेका छन्। त्यस्तो अवस्थामा बल बहादुर कुवरको उम्मेदवारी अछाम क्षेत्र नम्बर २ का मतदाताका लागि एउटा विकल्प बनेको छ। अब प्रश्न उम्मेदवारको नियतमाथि होइन, मतदाताको विवेक र निर्णयमाथि खडा भएको छ।
निर्वाचन केवल जित–हारको प्रतिस्पर्धा होइन, राजनीतिक दिशा तय गर्ने अवसर पनि हो। बल बहादुर कुवरको उपस्थितिले अछामको राजनीति शालिनता र विचारतर्फ फर्किनेछ कि छैन, यसको फैसला अब जनताकै हातमा छ।
नेता कुवर लामो समय नेपाली कांग्रेसमा सक्रियताका साथ महासमिति सदस्य रहि काम गर्दै आउनुभएको थियो । कांग्रेसमा प्रतिनिधि सभाको निर्वाचनको टिकट वितरणमा जन्ता र कार्यकर्ताको भावना विपरित नेतृत्व शैलिमा एकात्मकतावदी शैली र चिन्तका बिरुद्ध नेपाली कांग्रेस बाट बिद्रोह गरि नेकपाको केन्द्रिय कार्यालय पेरिषडाडामा देव गुरुङबाट टिकाग्रहण सहित नेपाली कम्युनिस्ट पार्टीमा प्रवेस गर्नुभएको थियो। पार्टी प्रवेश लगतै नेपाली कम्युनिस्ट पार्टीबाट शरद सिंह भण्डारीले आफुले प्राप्त गरेको टिकट पार्टीको योजनामा कुवरलाई हस्तान्तरण गर्नुभएको थियो।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि भएको मनोनयन दर्ता अछाम क्षेत्र नम्बर २ मा ९ जनाको उम्मेदवारी परेको छ ।
१.नेपाली कम्युनिस्ट पार्टीका बलबहादुर कुँवर
२. राष्ट्रिय स्वतन्त्र पार्टीका भुपदेव शाह
३. नेकपा एमालेका यज्ञबहादुर बोगटी
४. राष्ट्रिय प्रजातन्त्र पार्टीका मिनबहादुर शाही
५. प्रगतिशील लोकतान्त्रिक पार्टीका पुष्पराज न्यौपाने
६. नेकपा माओवादीका शेरबहादुर विश्वकर्मा
७. नेपाल मजदुर किसान पार्टीका झंकर बहादुर शाही
८. नेपाली कांग्रेसका पुष्प बहादुर शाह
९. उज्यालो नेपाल पार्टीका राजेश रावल























