अछाम।नेपाली कम्युनिष्ट पार्टी अछामको क्षेत्र नम्बर-२को निर्वाचन केन्द्रित तयारी बैठक कमलबजारमा सम्पन्न भएको छ।नेपाली कम्युनिष्ट पार्टीका नेता बम बहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी नेकपाका केन्द्रिय सदस्य एंवम संविधान सभा सदस्य भरत साउद रहनु भएको थियो।प्रमुख अतिथि साउदले भन्नुभयो `निर्वाचनमा सवै नेता कार्यकर्ता एकताबद्ध भएर जानुपर्ने बताउनु भएको हो।सिंगो पार्टी पंक्ति लागेर अछामको दुई नम्बर क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीको जित सुनिश्चित गर्नु पर्ने बताउनु भएको हो´। बिशिष्ट अतिथी नेकपाका केन्द्रिय सदस्य राम प्रसाद तिमिल्सेना राप्ति रहनु भएको थियो नेता तिमिल्सेनाले टिकट पाउदा सम्म आफू पनि दावेदार रहेको र अहिले पार्टीले पिक्षडिएको क्षेत्रबाट बल बहादुर कुवर लाई उम्मेदवार बनाएसंगै कटिबद्दताका साथ जिताउन लागीपर्ने बताउनु भएको थियो। यसैगरी अथिती सुदुरपश्चिम प्रदेश सभा सदस्य अक्कल रावलले सम्बोधनका क्रममा भन्नुभयो `विशिष्ट परिस्थितिमा पिक्षडिएको भुगोललाई समेत आत्मसाथ गर्दै स्थापित लोकप्रिय ब्याक्तीलाई पार्टी नेताहरुकै सल्लाहमा उम्मेदवारी बनाइएको हुदा निर्वाचित गराउन कुनै कसुर बाकी नराखी लाग्न नेताकार्यकर्ताहरुलाइ आग्रह समेत गर्नुभएको थियो´।
उक्त कार्यक्रममको अथिती रहनुभएका अछाम क्षेत्र नम्बर २का उम्मेदवार बल बहादुर कुवर ले सम्बोधन गर्दै भन्नु भयो`आफू राजनीतिमा लागेसंगै निरन्तर जन्ताको सेवामा रहि काम गर्दै आइरहेको हुँदा अहिले सम्म कुनै पनि गलत कार्यमा संलग्न नरहेको बताउनु भएको थियो।उहाँले थप्दै भन्नुभयो पछिल्लो राजनीति घटनाक्रम र जेन्जि बिद्रोह पस्चात नेपाली कांग्रेसले जन्ताको मुलमुद्दा र पार्टीसिद्धान्त विपरीत कार्यगर्दै जाँदा आफुलाइ सैय नभएको बताउनु भएको थियो।निर्वाचन नजिकिए संगै कांग्रेस भित्रको अन्तरसंघर्ष र पार्टीमा पुरानै सामन्तवादी चिन्तन हावीहुदा तत्कालीन नेपाली कांग्रेस बाट राष्ट्र र जन्ताको समस्या हल नहुने भएपछि बिद्रोह गरि जन्ताको जनभावना जितेर निर्वाचन जित्ने उदेश्य सहित आम जन्ता र विशेष गरि पिक्षडिको क्षेत्रका लागि नव निर्मित नेपाली कम्युनिस्ट पार्टी रोज्नपुगेको बताउनु भएको थियो। साथै उहाले आगामी दिनमा नेपाली कांग्रेस दुई चिरा हुनेकुरामा कसैले रोक्न नसक्ने दावी समेत गर्नु भएको थियो। उक्त कार्यक्रममा नेता योगेन्द्र बिष्ट,प्रेम खत्री ,रण बहादुर बिष्ट ,नवराज साउद,शिव बोगटी लगायत क्षेत्र नम्बर २का पाँच वटै पालिकाका अगुवा नेता तथा कार्यकर्ताहरुको उपस्तिथि रहेको नेकपा अछामले बताएको हो।उक्त बैठकबाट विभिन्न समिती र उपसमितिहरु गठन गरिएको बताइएको हो ।जस अन्तर्गत भरत साउदको अध्यक्षतामा३०१ सदस्यीय मुल निर्वाचन परिचालन समिति निर्माण गरिएको हो भने उपसमिति अन्तर्गत आर्थिक समिती संयोजक नवराज साउद रहने गरि ११सदस्यीय,यातायात ब्यबस्थापन उपसमिति नवराज साउदकै संयोजक्त्वमा ७सदस्यीय,युवा परिचालन शिव बोगटीको संयोजकत्वमा१०१सदस्यीय,प्रचार-प्रसार समितीमा देवेन्द्र बुढाको संयोजत्वमा ५१सदस्यीय र सुचना तथा सञ्चार उपसमितिमा लाल बहादुर साउद को संयोजकत्वमा७सदस्यीय उपसमिति गठन गरिएको बताइएको थियो ।उक्त कार्यक्रमको संचालन बम रावलले गर्नु भएको नेकपा अछामका नेता नवराज साउदले जानकारी दिनु भएको हो।

























