बैतडी
सुदुरपश्चिम प्रदेस अन्तर्गतको बैतडी जिल्लाको दोगाडाकेदार गाउँपालिकामा एकजना घाइते भएका छन् । शनिबार राति ८ बजे कालागाउँ चौसिला भन्ने ठाउँमा गोली चल्दा २२ वर्षीय सुरेन्द्र विष्ट घाइते भएको प्रहरीले जनाएको छ ।
कालागाउँ चौसिला निवासि स्थानीय ४० वर्षीय कर्णबहादुर विष्टको गोली प्रहारबाट सोही ठाउँका सुरेन्द्र विष्ट घाइते भएको प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए ।
लेनदेनका विषयमा विवाद हुँदा कर्णबहादुरले सुरेन्द्रमाथि गोली प्रहार गरेको राससले समाचारमा उल्लेख गरेको छ । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ ।
प्रतिक्रिया जनाउनुहाेस्

























