काठमाडौँ ।
नेकपा माओवादी केन्द्रले फेरि ‘जनतासँग माओवादीः तराई–मधेस जागरण अभियान’ को समय तालिका हेरफेर गरेको छ । शनिबार सर्लाही देखिका कार्यक्रम १/१ दिन पछि सारेर कार्यतालिका हेरफेर गरेको हो । माओवादी केन्द्रले फेरि अर्को सर्कुलर पठाएर महोत्तरीदेखिको कार्यक्रमको समय तालिका परिवर्तन गरिएको जनाएको छ ।
फाल्गुन५ गते र फाल्गुन१७ गते जारी गरिएको जनतासँग माओवादीः तराई–मधेश जागरण अभियान सम्बन्धी कार्यक्रमको कार्यतालिकामा महोत्तरीदेखि पश्चिममा अभियानका कार्यक्रम स्थानीय पर्व तथा पार्टीका विभिन्न जनसंगठनका भेला लगायतका अन्य कार्यक्रम परेका कारण अभियानको कार्यतालिका परिवर्तन गरिएको छ’, माओवादीले मातहतका कमिटीमा पठाएको नयाँ सर्कुलरमा भनिएको छ ।
जसअनुसार महोत्तरीमा फागुन २२ गते अभियान भएर सर्लाहीमा फागुन २३, रौतहट– फागुन २४, बारामा फागुन २५, पर्सामा फागुन २६, चितवनमा फागुन २७ गते अभियान सञ्चालन हुनेछ । यस्तै मगर मोर्चाको उद्घाटन बुटवलमा फागुन२८ हुने छ भने त्यसपछि नवलपुर (नवलपरासी पूर्व) मा चैत्र २, परासी (नवलपरासी पश्चिम)मा चैत्र ३, रुपन्देहीमा चैत्र ४, कपिलवस्तुमा चैत्र ५, दाङमा चैत्र ६, बाँकेमा चैत्र ७ र बर्दियामा चैत्र ८ गते अभियान सञ्चालन हुनेछ ।
चैत ९ गते समाजवादी मोर्चाको जनकपुरमा जनसभा हुने तय भएकाले सो दिन अभियान सञ्चालन हुनेछैन ।
यसैगरी कैलालीमा चैत्र ११ गते र कञ्चनपुरमा चैत्र १२ अभियान सञ्चालन भएर पहिलो चरणको अभीयान सकिनेछ । यसअघि चैत ७ मै सकिने भनिएको अभियान अब चैत्र१२ गतेमात्रै सकिने भएको माओवादी केन्द्रले जनाएको छ ।
अभियान टोलीमा पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव र उप–महासचिवहरूका साथै सांस्कृतिक टोली रहेका छन् ।
यस्तै सम्बन्धित प्रदेश र जिल्लाका पार्टी नेता, कार्यकर्ता, जवस मोर्चाका नेता, कार्यकर्ता, समर्थक तथा शुभचिन्तक समेत अभियानमा सहभागी छन् ।
अभियानका क्रमका केहि तस्विरहरुः



























