त्रिभुवन विश्वविद्यालय अन्तरगतका क्याम्पसहरुमा आउदो चैत्र ५गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न हुन गैरहेको छ !स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नजिकिय संगै देशभरका क्यामपसहरुमा संघ ,संगठनका सांगठनिक गतिबिधिहरु धमाधम भैरहेका छन! स्ववियु चुनाबको रौनक लागेसंगै अछाम जिल्लाको जनशिखा बहुमुखी क्याम्पस मेल्लेखमा मनोनयन दर्ता प्रक्रिया सम्पन्न भएको छ !उक्त क्याम्पसमा अखिल क्रान्तीकारी, नेविसंघ र सामजवादी पार्टी निकट अनेरास्ववियू को संयुक्त गठबन्धनबाट स्ववियु सभापतिमा अखिल क्रान्तीकारीका नेता जगत साउद मुष्कान ले उम्मेदवारी दर्ता गर्नु भएको छ !उम्मेदवारी दर्ता गरेसंगै साउदले सम्पूर्ण विद्यार्थी हरुसंग समन्वय गर्दै स्ववियुको नेतृत्व गर्ने उदेश्यका साथ अगाडि बढेको बताउनु भएको थियो !
साथै उहाँले आफ्नो उद्देश्य विद्यार्थीहरुको हक-अधिकारको सुनिश्चितता, शिक्षामा सुधार, क्याम्पसमा पारदर्शिता तथा सुशासनको प्रवर्धन गर्नुका साथै क्याम्पसभित्र देखिएका अनियमितता, बेथिति, र विकृतिहरूको अन्त्य गर्दै स्ववियुलाई सम्पूर्ण विद्यार्थीहरूको साझा तथा सशक्त संस्था बनाउने प्रतिबद्धता ब्यक्त गर्नुभएको हो!
उहाँले आफ्नो उम्मेदवारी व्यक्तिगत लाभ वा राजनीतिक स्वार्थका लागि नभई, विद्यार्थीहरूको हक र भविष्यको संरक्षणका लागि भएको हो भन्दै स्ववियुलाई एक सशक्त र जिम्मेवार संस्था बनाउने प्रतिबद्धता समेत जाहेर गर्नुभएको छ!
साउदले आफू निर्वाचित पश्चात् स्ववियुलाई विद्यार्थीहरुको वास्तविक अधिकारको सुनिश्चितता गर्न आफू लागीपर्ने बताउनु भएको छ।उक्त क्याम्पसमा एमाले निकट अनेरास्ववियुले पनि मनोनयन दर्ता गरेको छ!























