त्रिभुवन विश्वविद्यालय अन्तरगत क्यामपसहरुमा स्ववियु चुनावी सरगर्मी तातिरेको छ!चुनाब नजिकिय संगै देशभरका क्याम्पसहरुमा संघ संगठनका गतिबिधीहरु बढिरहेका छन! स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन अन्तर्गत दार्चुलाका पाँच वटै क्याम्पसमा स्ववियु पदाधिकारीहरु सर्वसम्मत चयन भएका छन
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अन्तर्गत दार्चुला जिल्लाका पाँच वटै क्याम्पसमा विद्यार्थी संघ संगठनहरूबीच सहमतिमै उम्मेदवारी दर्ता गरिएको हो । त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त जिल्लाका पाँच वटै क्याम्पसमा विभिन्न विद्यार्थी संगठनहरूले पूर्वसहमति अनुसार भागवण्डाका आधारमा उम्मेदवारी दर्ता गराएको क्रान्तिकारीका केन्द्रिय सदस्य नवीन विष्टले जानकारी दिएका हुन्।
उम्मेदवारी दर्ता भएसँगै नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का उम्मेदवारहरू विभिन्न पदमा सर्वसम्मत निर्वाचित भएका छन्। अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य विष्टले जानकारी दिएअनुसार दार्चुलाका पाँच क्याम्पसमा तपशिलका विद्यार्थी नेताहरू निर्वाचित भएका छन
निर्वाचित पदाधिकारीको नामावली हेर्नुहोस!
कृष्ण स्नातक क्याम्पस, लालीमा सचिव: नरेश प्रसाद जोशी
सदस्य: मनिषा कुवर
शंकरपुर क्याम्पस, पस्ती
अध्यक्ष: जानकी टमटा
सह-सचिव: जय सिंह धामी
सदस्यहरू: गोदावरी जोशी, देवकी मिश्र, गिता मिश्र
अपिनाम्पा क्याम्पस, हुति
कोषाध्यक्ष: सरिता डडाल
सदस्य: बसन्त कुवर
लटिनाथ क्याम्पस, मार्मा
उपाध्यक्ष: रेश्मा बिष्ट
सचिव: पारस सिंह धामी
सदस्यहरू: जयन्ती धामी, सरिता बिष्ट
सर्वसम्मत चयन भएका विद्यार्थी नेताहरूले आफ्नो कार्यकालमा विद्यार्थी हकहितको लागि नीतिगत सुधार, शैक्षिक विकास, तथा क्याम्पस स्तरीय समस्याहरू समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन्।























