साथै, सम्पूर्ण आम नागरिकलाई लोकतान्त्रिक प्रणालीलाई अझै सम्बृद्ध गर्न, कमीकमजोरी सच्याउने खबरदारी गर्न, सामाजिक स्थायित्व र समृद्धिका लागी व्यवस्था विरुद्ध हुने यस्ता अपराधजन्य कार्यप्रति सचेत रहनसमेत आह्वान गरिएको छ ।
विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नेतृत्वमा आज तीनकुनेमा भएको प्रदर्शनले हिंसात्मक रुप लिएको थियो । सो क्रममा दुई जनाको मृत्यु भएको छ भने व्यवसायिक भवन, नीजी भवन, मिडिया हाउसमा समेत तोडफोड र आगजनी भएको छ । छ दलनिकट युवा संगठनहरुले उक्त विरोधको भर्त्सना गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र कुनै पनि प्रतिगामी शक्तिको षड्यन्त्रबाट नढल्ने र यसलाई अझ सशक्त रूपमा संस्थागत गर्न निरन्तर कार्य गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतिक्रिया जनाउनुहाेस्


























