विज्ञापन

कांग्रेस-एमाले गठबन्धन सरकारले औचित्य सावित गर्न सकेन छैनः शेखर कोइराला

विज्ञापन
Image
विज्ञापन

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा.शेखर कोइरालाले कांग्रेस–एमाले गठबन्धन सरकारले औचित्य सावित गर्न नसकेको बताएका छन् । आज (आइतबार) डा.सुमन कर्माचार्यको ‘कात्रोमा खल्ती’ पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दैै उनले कांग्रेस–एमाले गठबन्धन सरकार बन्दा संविधान संशोधन, आर्थिक अवस्था सुधार र सुशासन कायम गर्ने कुरालाई प्रमुख प्राथमिता दिइएको भएपनि त्यसतर्फमा कुनै काम हुन नसकेको बताएका हुन् ।

उनले अहिलेको देशको राजनीतिक परिस्थिति अत्यन्त नाजुक अवस्थामा रहेको बताए । नेता कोइरालाले देशको आर्थिक अवस्था दिनानुदिन खराब हुँदै गएको र विचौलियाहरुको बिगबिगी नै रहेको बताए । उनले भने, ‘हरेक तप्काका विचौलियाहरुको बिगबिगी भएको छ । अहिले जुन परिस्थिति छ, एमालेका नेतृत्वमा नेपाली कांग्रेसको सरकार पनि छ । यो सरकार बनाउँदाखेरी एउटा कल्पना गरिएको थियो । त्यो कल्पना हामीहरुले अगाडि बढाउन सकिएको देखिएको छैन । संविधानमा सुधार गर्ने भनिएको थियो । आज नौ महिना बितिसक्यो, त्यतातिर ध्यान पुर्याउन सकिएको छैन । के–केमा संशोधन गर्ने हो, त्यो हामी गरौं । गर्नै पर्छ । किनकी प्रधानमन्त्रीजीले रोस्ट्रममा उभिएर भनेको कुरा हो । कांग्रेस–एमालेको सहमतिको डकुमेन्ट हो यो ।’

साथै, सरकारले देशको अर्थतन्त्रसँग खेलेको र मजाक गरेको उनको आरोप छ । उनले अर्थतन्त्रमाथि मजाक गर्ने छुट वर्तमान सरकारलाई नरहेको बताए । ‘आर्थिक अवस्था एकदम नाजुक छ । त्यसलाई सुधार गर्ने प्रक्रिया अगाडि बढ्यो भनेर अध्यादेशमार्फत ऐन पनि आयो । कतिको हुन्छ हेरौं । त्यहाँ पनि विचौलियाहरुकै खेल छ कि ?’ प्रश्न गर्दै उनले भने ।

सरकार बनाउने क्रममा ‘सुशान दिन्छौं, भ्रष्टाचार न्युनीकरण गर्छौं’ भनिएपनि अहिले देशको अवस्था कस्तो छ भन्ने कुरा डा.कर्माचार्यको पुस्तकले प्रष्ट गर्ने उनले बताए । ‘सुशासन कस्तो अवस्थामा छ, मैले भनिरहनु पर्दैन । औचित्य हामीहरुले सावित गर्न सकिरहेको छैनौं । के उपायहरु छैन ? उपायहरु छ । त्यसको लागि राजनीतिक इच्छाशक्ति नेताहरुमा, नेतृत्वमा हुनुपर्यो,’– उनले भने ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन