काठमाडौँ। राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (CEO) पदमा हिक्मत बहादुर भण्डारीलाई जिम्मेवारी दिइएको छ।
अर्को व्यवस्था नभएसम्मका लागि भण्डारीलाई कम्पनीको प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गर्ने गरी जिम्मेवारी तोकिएको कम्पनीले जनाएकाे छ । अर्थमन्त्रालयकाे निर्देशन अनुसार उनलाई यस्ताे जिम्मेवारी दिइएकाे हाे ।
भदौ २१ गते बसेको कम्पनीकाे सञ्चालक समितिको बैठकले उनलाई प्रमुख कार्यकारी अधिकृतको काम, कर्तव्य र अधिकार प्रयोग गर्ने अख्तियारी प्रदान गरिएको हाे।
प्रतिक्रिया जनाउनुहाेस्





























