असार ४ मेल्लेख
अछामको मेल्लेख गाउँपालिकामा गरिमा परियोजनाकाे पालिका स्तरीय परिचयत्मक बैठक सम्पन्न भएको छ ।
करुणा ट्रस्ट करुणा डजलेण्ड र जर्मन संघीय सरकारको आर्थिक तथा प्राविधिक सहयोग ग्रिनतारा नेपालको सहजिकरण र मेल्लेख गाउँपालिकाकाे समन्वयमा बैठक सम्पन्न भएको हाे ।
मेल्लेख गाउँपालिका उपाध्यक्ष नृप बहादुर खड्काको अध्यक्ष्यतामा भएको बैठकका प्रमुख अतिथि मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउद रहेको थिए ।अध्यक्ष साउदले परियोजना मार्फत गरिने हरेक क्रियाकलापमा पालिकाकाे समन्वय र सहयोगका लागि प्रतिबद्ध रहेकाे बताएका छन । पहिलो चरण वडा नम्बर ७ नन्देगडा र वडा नम्बर ८ हातिकाेटमा कार्यक्रम हुने भएपनि , बाकी अरु वडामा पनि कार्यक्रम विस्तार गर्दै लैजानुपर्ने बताउनु भएको छ ।
परियोजनाले छाउपडी प्रथा न्यूनीकरण, भेदभावरहित सुरक्षित महिनावारी तथा प्रजनन स्वास्थ्यमा पहुँच वृद्धि गर्ने लक्षित समूहमा किशोरी तथा महिला मर्यादित महिनावारी कायम राख्ने र यससम्बन्धी नकारात्मक संस्कार तथा कु–प्रथाबाट छुटकारा पाउन सहयोग गरिनेछ।
परियोजनामार्फत महिनावारी मर्यादित, प्रजनन स्वास्थ्य, छाउपडी प्रथा ,पानी, सरसफाइ र स्वच्छता जस्ता विषयमा आमाहरूको समूह, स्वास्थ्य स्वयंसेविका,शैक्षिक संस्था , स्वास्थ्य संस्थाहरु, र सरोकारवाला निकायहरूसँग समन्वय गरेर थप व्यवहार परिवर्तनकाे लागि अभियान संचालन गरिनेछ।यसका अतिरिक्त, समुदायमा आधारित अनुसन्धान तथा तथ्यमा आधारित अध्ययन समेत गरिनेछ जसले दीर्घकालीन नीति निर्माण र प्रभावकारी स्वास्थ्य वातावरण निर्माणमा सहयोग पुग्नेछ ।
बैठकमा ८ वटै वडाका वडा अध्यक्ष कार्यपालिका सदस्य विषयगत कार्यालय शाखा प्रमुखको सहभागिता रहेकाे थियो ।
बैठकको सहजिकरण तथा परियोजनाले गर्ने क्रियाकलापकाे प्रस्तुतिकारण ग्रिनतारा नेपालका फिल्ड मेनेजर विक्रम जाेसिले गर्नु भएको थियो ।



























