विज्ञापन

बादललाई मजाक र रगतको होली खेल्न जनयुद्ध भएको थिएन:पञ्चा सिंह

विज्ञापन
Image
विज्ञापन

काठमाडौ
जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेल स्मृति प्रतिष्ठानको आयोजनामा ३०औ बलिदानी दिवस कार्यक्रम काठमाडौमा एक समारोहका विच भव्यता पुर्वक सम्पन्न भएको छ !उक्त कार्यक्रममा प्रतिष्ठानको तर्फबाट राष्ट्रिय पुरस्कार वितरण तथा सम्मान समारोह-२०८१ काे अवसरमा  रम्तेल स्मृति राष्ट्रिय पुरस्कार  नगद रुपैया ५० हजार महान सहिद रम्तेलकी आमा सरिमायालाई हस्तान्तरण गरिएको थियो! उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एबम अखिल (क्रान्तिकारी) का केन्द्रिय सह–फ्याक्सन ईन्चार्ज पञ्चा सिंहले सम्बोधन गर्नुभएको हो! सम्बोधनका क्रममा  दिलबहादुर रम्तेल जस्तै: हजारौँ सहिदको बलिदानबाट स्थापित वर्तमान गणतन्त्रात्मक व्यवस्थामा आसीन प्रधानमन्त्रीले समेत जनयुद्धको अपमान गरेको भन्दै आक्रोश व्यक्त गर्नुभएको थियो  । माओवादी केन्द्रकी केन्द्रीय सदस्यसमेत रहेकी नेत्री सिंहले जनयुद्धको विद्रुपीकरण नगर्न चेतावनी दिँदै भनिन्, सङ्घर्ष नगरी फल खाइरहेका केपी ओलीहरूले विरोध गरे पनि जनयुद्धमा बलिदान गर्न सिकाउने बादल कमरेडहरूलाई यो हदसम्म गिर्न कुन नैतिकताले दियो  भन्दै  प्रश्न ब्यक्त गर्नु भएको हो!केपी ओलीको चाकडी गर्नकै निम्ति  राम थापा बादलले आफ्नो  बिगतको धरातल विर्सेर जनयुद्धको अपमान गरेर   गलत गरेको धारणा ब्यक्त गरेकी थिन!नेत्री सिंहले थप्दै  भनिन्, रामबहादुर थापा लाई मजाक र रगतको होली खेल्न जनयुद्ध भएको थिएन,जनयुद्ध जनताको मुक्ती ,स्वतन्त्रता र समृद्धिको लागि भयको कुरा  आम जन्ताले बुझ्नु पर्ने बताउनु भएको हो!जनयुद्धका बारेमा अपब्याख्या गरेर इतिहास मेट्ने कोसिस गरे माओवादी केन्द्र सहेर नबस्ने चेतावनी समेत  दिनुभएको थियो!

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन