नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई फोन गरेर बजेटमा राखेको ‘टेक एण्ड पे’ को व्यवस्था नहटाए बजेट पारित हुन नसक्ने चेतावनी दिएका छन् । सोमबार दिउँसो नयाँ बानेश्वरस्थित संसद् भवनको आफ्नै कार्यकक्षबाट देउवाले अर्थमन्त्री पौडेललाई फोन गरेका हुन् । सो फोनमार्फत उनले ‘टेक एण्ड पे’ को व्यवस्था नहटाए बजेट पारित हुन समस्या हुने अर्थमन्त्रीलाई बताएको एक सांसदले जानकारी दिए ।
उक्त भेटवार्ताबारे एक सांसदले भने,‘तपाईको पार्टी जस्तो कांग्रेस होइन । कांग्रेसका सांसदहरुलाई मैले थेग्न सक्दिनँ । अस्ति देखि भनिरहेको छु । पहिलेकै व्यवस्था राख्नुस् । नत्र बजेट पारित हुन्ने भनेर सभापतिले भन्नुभएको छ ।’‘टेक एण्ड पे’ मा पुरानै व्यवस्था कायम नगरे कांग्रेस एमाले सरकारमा संकट आउने चेतावनी देउवाले दिएको उनले सुनाए ।
बजेटमा नदी प्रवाहमा आधारित रहेर सरकारले विद्युत् खरिद गर्ने व्यवस्था राखिएपछि उर्जा उत्पादकहरुले विरोध गरेका छन् ।स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था ‘इप्पान’ ले ‘टेक एण्ड पे’ व्यवस्थाको विरोध गर्दै आएको छ । यही विषयमा दुई दलका शीर्ष नेताको बैठक समेत बसेको थियो । आर्थिक वर्ष २०८२÷०८३ को बजेट मंगलबार पारित गर्ने तयारी गरिएको छ ।
जसपा नेपालले ओली सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्ने
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिइएको समर्थनबारे पुनर्विचार गरी निर्णय गर्न संसदीय दललाई निर्देशन दिएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा असार ७ र ८ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
जसपा नेपालका प्रवक्ता मनिष कुमार सुमनका अनुसार ओली नेतृत्वको सरकार देशमा भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति, संविधान संशोधन, आर्थिक अवस्थामा सुधार लगायतका कार्यमा पूर्णतः असफल रहेको बैठकको निष्कर्ष छ ।
प्रतिक्रिया जनाउनुहाेस्



























