विज्ञापन

रसुवा बाढीमा बेपत्ता भएकाहरू अब जीवित भेटिने सम्भावना कम: गृह सचिव

विज्ञापन
Image
विज्ञापन

काठमाडौँ । गृह मन्त्रालयका सचिव केदारनाथ शर्माले रसुवा बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिहरू अब जीवित भेटिने सम्भावना नरहेको बताएका छन्।

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले जीवित उद्धार गर्ने सम्भावना कम रहेको बताएका हुन्।

सम्भावना कम भए पनि खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइएको शर्माले जानकारी दिए। उनका अनुसार विशेष गरी जलविद्युत् आयोजनाका सुरुङहरूमा उद्धार कार्य जारी राखिएको छ। कतिपय सुरुङमा प्रवेश गर्न भौगोलिक अवस्था, प्रविधिको अभाव तथा कठिन परिस्थितिका कारण लामो समय लागेको उनको भनाइ छ।

अन्तर्राष्ट्रिय खोज तथा उद्धार विज्ञहरूले समेत घटनास्थलको भौगोलिक अवस्था कठिन रहेको बताएको शर्माले जानकारी दिए। सम्भावना रहेसम्म खोज तथा उद्धार जारी राख्ने विषयमा सुरक्षा निकायका प्रमुख तथा विपद् विज्ञहरूसँग छलफल भइरहेको उनले स्पष्ट पारे।

अहिले ध्यान खोज र उद्धारमै रहेको शर्माले बताए। ‘यसपछि विस्तारै राहतमा जान्छौँ,’ उनले भने, ‘त्यसपछि पुनःस्थापना र पुनर्निर्माणको काम हुन्छ।’

खोज र उद्धारमा अब जीवितै पाइने सम्भावना कम रहेको उनले उल्लेख गरे। अन्तर्राष्ट्रिय अभ्यासमा २१ दिनपछि पनि जीवितै भेटिएका उदाहरण रहेको बताउँदै उनले हाइड्रोपावरका सुरुङहरूमा खोजतलास भइरहेको जानकारी दिए।

‘सबै सुरक्षा निकायका प्रमुखहरू खटिनुभएको छ, कतिपय प्रविधि हामीसँग भएन र भौगोलिक अवस्था गाह्रो थियो,’ उनले थपे, ‘अन्य देशका विज्ञहरूले पनि भूगोल देखेपछि गाह्रो रहेछ भन्नुभयो, त्यसैले उद्धार कार्यमा अलि ढिलो भयो।’

बाढीप्रभावित क्षेत्रका महिला तथा बालबालिकाको संरक्षण स्थानीय तहसँगको समन्वयमा भइरहेको शर्माले बताए। बालबालिकाको संरक्षणका लागि राष्ट्रिय बाल अधिकार परिषद्का प्रतिनिधिहरू होल्डिङ सेन्टरमा परिचालन गरिएका छन्। उद्धार गरिएका तथा अभिभावकबाट छुटेका बालबालिकाको व्यवस्थापन स्थानीय सरकारले गरिरहेको  सचिब शर्माले बताउनु भयको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन