नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीमा विधि निर्माणको अन्योल अन्त्य भएको बताएका छन्।
विधान महाधिवेशनका लागि राजनीतिक, सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव पारित गर्न बस्न लागेको पोलिटब्युरो बैठक अगाडि उनले विधि निर्माणको प्रश्न हल भएको बताएका हुन्।
‘विधि निर्माणको अन्योल अन्त्य भएको छ। मिसन २०८४ का लागि बलियो नेतृत्व र एकतावद्ध पार्टी आवश्यक थियो। त्यो सुनिश्चित भएको छ,’ महासचिव पोखरेलले भनेका छन्।
एमालेको पोलिटब्युरोको बैठक शुक्रबार बस्दैछ।बिहीबार बसेको सचिवालय बैठकले ७० वर्षे उमेरहद, कार्यकाल हटाउने, पदाधिकारीको संख्या १५ कायम गर्ने, केन्द्रीय कमिटीको संख्या २५१ सदस्यीय रहने प्रस्ताव सहमतिले पारित गरेको छ।
प्रतिक्रिया जनाउनुहाेस्


























