विज्ञापन

निर्मला पन्तको न्यायका लागी र अलपत्र आयोजनको सन्दर्भमा सांसद रावलको सदनमा गर्जन हेर्नुहोस के-के भने

विज्ञापन
Image
विज्ञापन

धनगढी कैलाली ।

सुदुरपश्चिम प्रदेश सभाको छैटौ अधिवेशनको १८औं वैठकको निर्धारित शुन्य समयमा प्रदेश सभा सदस्य तथ लेखा समिति सभापति माननिय अक्कल रावलले समसामयिक विषयबस्तुमा आफ्नो धारणा प्रसतुत गर्नुभएको थियो ।

प्रदेश सभामा सम्बोधन गर्दै उहाँले भन्नु भयो “कञ्चनपुरकी निर्मला पन्तको हत्या भएको आज सात वर्ष पुग्यो ।त्यो घटना पश्चात पाँच वटा गृहमन्त्री भए,छ वटा डिआजिहरु परिवर्तन भए र छ वटा समिति हरु समेत बनेका रहेछन ।छानबिन समितिहरु तर सोहि जिल्लाका नेता,तत्कालिन नेपालि कांग्रेसका नेता रमेश लेखकले उक्त घटनाको सन्दर्भमा २०७५साल असोज २१ गते रिपोर्टस कलबमा एउटा अभिब्यक्ति दिनुभएको रहेछ ।निर्मलाका हत्याराहरु राजनितिक संरक्षणमा छन । उहाँ आज गृहमन्त्री हुनुहुन्छ । ति संरक्षण गर्ने मान्छे को हुन गृहमन्त्रि ज्यु ?ति संरक्षण गर्ने मान्छेहरुलाई कानुनि कठघरामा ल्याउनु पर्ने  कसले हो? तपाई त अहिले गृह मन्त्रिमा हुनुहुन्छ ।त्यस क्षेत्रकै जनप्रतिनिधि हुनुहुन्छ ।त्यसैले यो घटनाको छानबिन गर्ने निकायमा सुदुरपश्चिमकै,अजै कञ्चनपुर जिल्लाकै गृहमन्त्रि भएको बेलामा,यो छानबिन गरि दोषिलाइ कार्बाहि नहुनु  दुखत छ र तत्काल  दोषि उपर कार्बाहो होस भन्ने माग गर्न चाहान्छु ।

 त्यसैगरि उहाँले थप्दै भन्नुभयो सरकारले आ.ब.२०७४|०७५को महालेखाको प्रतिवेदन यो सदनमा पेश गरेको छैन । हामिले सार्वजनिक लेखासमितिको तर्फबाट बारम्बार सरकारलाइ आग्रह अनुरोध गरेका छौ ।सदनमा पेश हुनुपर्ने उक्त  महालेखाको वार्षिक प्रतिवेदन किन पेश भएन? सभामुख महोदय  मार्फत सरकारसँग जवाफ सहित त्यो महालेखाको प्रतेदन यहाँ सदनमा पेशहोस भन्ने माग गर्न चाहान्छु ।

प्रसंग बदल्दै उहाँले भन्नुभयो ठेकादारहरुको लाफरबाहिका प्रसंगमा सुदुरपश्चिम प्रदेशका विभिन्न ठेक्कापट्टाहरुमा विशेसगरी  बानिया कन्ट्रकसन सँग सम्बन्धित भएर कुराकानि गर्न चाहान्छु ।सुदुरपश्चिमका अजै अछाम र बाजुरा जिल्लाका मार्तडि कोल्टी सडक बानिया कन्ट्रकसनले बनाउन सकिरेहेको छैन, ढिलासुस्ति गरिरहेको छ। काममा लापरबाही गरिरहेको छ।र त्यसै गरी जयगढ रामारोशन सडक ठेक्का लिएर अलपत्रको अवस्थामा छ ।त्यहि बानिया कन्ट्रकसनले लगेको ,त्यसैगरी चिसापानि जंगलघाट सडक बड्डिमालिका सडक अन्तर्गत प्रदेशको गौरवको आयोजनाको जंगलघाट बासकाडा सडक खण्डमा पनि बानिया कन्ट्रकसनले काम लिएको र आजसम्म त्यसले चार,पाच बर्ष भईसक्दाखेरि पनि त्यसले पटक पट्क आफ्नो म्याद थप्ने र काम नगर्ने गरको छ ।सुनिदैछ त्यो बानिया कन्ट्रकसनका मालिक ईन्द्र बानिया बागमति प्रदेशको मुख्यमन्त्रि हुदैछन रे-लाखौ,करोडौ ठेक्कापट्टा लिएर काम नगर्नेहरुलाइ पुरुस्कृत नगर्न म बागमति प्रदेशका सम्पुर्ण सांसदहरुलाई सुदुरपश्चिम प्रदेश सभाको तर्फ बाट अनुरोध गर्न चाहान्छु ।

त्यसैगरी समाचारमा जताततै सुन्न सकिन्छ । सरकारले स्वास्थ्य जस्तो जटिल ठाउहरुमा पनि औषधिको आपुर्ति गर्न नसक्दाखेरि मान्छे मर्ने ठाउमा,मान्छेको जिवन जोखिममा छ। त्यसैले गर्दा रेबिज बिरुद्दको सुइ नपाएर मान्छेको अकालमा ज्यान जाने जोखीमपुर्ण अवस्थामा पुगेको देखिन्छ ।त्यसैले त्यस्तो ठाँउहरुमा पनि सरकारले तुरुन्त औषधिको आपुर्ती गर्ने व्यबस्था मिलाओस र जन्ताको ज्यानको सुरक्षाका निम्ति पहलकदमि लेओस भन्ने कुरा म सभामुख मार्फत सरकारलाई सरकारको ध्यानाकर्षण गर्न चाहान्छु”  ।

अक्कल बहादुर रावल सुदुरपश्चिम प्रदेश सभा सदस्य हुन।अछाम जिल्लाबाट दोस्रो पटक निर्वाचित सांसद रावल निवर्तमान आर्थिक मामिला मान्त्रि समेत हुन, हाल उनि सार्बजनिक लेखा सामितिका सभापति रहेका छन ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन