अछाम। नेपालको सुदुरपश्चिम प्रदेश अन्तर्गत रहेको अछाम जिल्ला पहाडी जिल्ला हो।अछाम जिल्लामा दश वटा स्थानिय तहहरु रहेका छन।जस अन्तर्गत जिल्लामा४वटा नगरपालिका र ६वटा गाँउपालिका रहेका छन।जिल्लाका सबै पालिहरुमा आ-आफ्नै किसिमका विशेषताहरु रहेका छन भने प्राकृतिक सौन्दर्यले भरिमपुर्ण स्थलहरु समेत रहेका छन ।
जिल्लाको ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिका अन्तर्गत साविकको घोडासैन,धमाली,तोशी,नाडा र ढुङ्गाचाल्ना गा.वि.स.को विचमा त्रिपुरासुन्दरि देविकाे मन्दिर अवस्थित छ । यस अछाम जिल्लाको ढकारी गाउँपालिका वडा नं.-८ घाेडासैन अन्तर्गत दह बन्ड लाई देवीकाे उद्गम स्थल मानिन्छ । प्राकृतिक सौन्दर्यले भरिमपुर्ण साेहि बन्डकाे सिर तिताैडामा त्रीपुरासुन्दरी मन्दिर अवस्थित छ । माता त्रिपुरासुन्दरी भगवतीको मन्दिर नेपालको सुदुरपश्चिमको एक प्रख्यात मन्दिर हो। त्रिपुरासुन्दरी मन्दिर अछाम जिल्ला सदरमुकाम मंगलसेन देखि पश्चिम तर्फ ५५-६० कि.मी.काे दुरीमा पर्दछ। यो मन्दिर सुदुरपस्चिम प्रदेशको प्रमुख धार्मिक स्थल भएकाले यहाँ दर्शनका लागी सुदुरपस्चिम र कर्णाली प्रदेशका धेरै भक्तजनहरूको घुँइचो हुने गर्दछ।त्रिपुरासुन्दरी मन्दिरमा दर्शन गरेपछि मनले सोचेको धन,जन, सु:ख,शान्ति प्राप्त हुने जन विश्वास रहि आएको पाईन्छ । उक्त मन्दिर प्यागोडा शैलीमा निर्माण गरिएको छ भने रातो र सेताे रंग ले सजाइएको छ। घनाजंगलको मध्य भागमा त्रिपुरासुन्दरी मन्दिर अवस्थित रहेको छ। उक्त मन्दिरको परिसरमा विभिन्न खालका मूर्ति राखिएका छन् भने मन्दिर वरपर भक्तजनहरूले आ-आफ्नो मनाेकाङ्क्षा सिद्धिका लागि चढाएका घण्टीहरू समेत राखिएका छन् ।

त्रिपुरासुन्दरीको उत्पत्ति कसरी भयो भन्ने किंवदन्ती अनुसार दक्ष प्रजापतिबाट गरिएको अपमान सहन नसकेर सतीदेवीले यज्ञकुण्डमा देहत्याग गरेपछि भगवान् शिवले उनको शरीर बोकेर पृथ्वीका अनेक उच्च पर्वतहरूमा भौंतारिने क्रममा सतीदेवीका अंग पतन हुँदै जान थाले। उनका अंग जहाँ जहाँ पतन भए त्यहीँ त्यहीँ शक्तिपीठ स्थापना हुन थाले। त्रिपुरासुन्दरी मन्दिर भएको ठाउँमा पनि कुनै अंग विशेष पतन भएको मानिन्छ ।
अछामको पुर्वी खण्ड स्थित त्रिपुरा सुन्दरि मन्दिर स्थलका रुपमा प्रसिद्ध भएको यस भुभाग लाइ स्थानिय भाषामा “तितौडा” भनिन्छ । त्रि = तीन, पुर=लोक (भूलोक, भुवर्लोक, स्वर्लोक), सुन्दरी=सुन्दरतम यसैले “त्रिपुरासुन्दरी”भनेको तीनै लोकमा सर्वाधिक सुन्दरी र सर्वश्रेष्ठ देवी भन्ने अर्थ रहेको बताइएको छ ।
शक्तिको स्वरूप: शिवशक्तिको अद्वितीय स्वरूप। उहाँ बिना शिव पनि शक्तिहीन हुने भनिन्छ।श्रीविद्या उपासना: त्रिपुरासुन्दरीलाई श्रीविद्या (तन्त्र) मार्फत पूजा गरिन्छ। उहाँका मन्त्र र यन्त्रहरू अत्यन्त शक्तिशाली मानिन्छन्।
दशमहाविद्यामध्ये प्रमुख: दस महाविद्याहरूमा त्रिपुरासुन्दरीलाई सबैभन्दा सौम्य र दयालु मानिन्छ।
कथा अनुसार: त्रिपुरासुन्दरीले महिषासुर वा भण्डासुर जस्ता दानवहरूलाई पराजित गरेर धर्मको रक्षा गरेकी हुनाले यसलाई स्कन्दपुराणमा त्रिपुरा गिरी भनेर सम्वोधन गरिएको छ । तितौडा नै त्रिपुरा गिरी हो भनेर निस्चित गर्न स्कन्द पुराणको मानस खण्डमा अध्यन गरिएकाे छ । तिब्बत स्थित कैलाश पर्वतलाइ शिर र भारत स्थित अयोध्या एवं नैमिषारण्यलाइ दुइ पाउ मानि यस भित्रको भुखण्डलाइ मानस खण्ड भन्नुका साथै यस मानस खण्ड लाइ शिव स्वरुपमा चित्रण गर्नुका साथै शिव स्वरुपका अन्य अवयवहरुको पनि वर्णन गर्ने काम स्कन्द पुराणले गरेको छ । शिवस्वरुप मानस खण्डको चर्चा गर्दा स्कन्दपुराणमा उल्लेख भएका र हालसम्म सोही रुपमा पर्योगमा रहेका स्थानहरुको अवस्थित धार्मिक महत्व प्रस्तुती वर्तमान प्रचलन आदी लाइ अध्यान गर्दा तितौडा नै त्रिपुरागिरि भएको प्रमाणीत हुन्छ । स्कन्दपुराणले त्रिपुरागिरि देवि त्रिपुराको निवास स्थल हो भन्य तथ्यलाइ प्रमाणित गर्दछ भने तितौडाकै निकटवर्ति अछाम र वाजुरा जिल्ला स्थित बैजनाथ वडिमालिमा मल्लगिरि कैलाश गंगा आदिको वर्णन गर्ने क्रममा नै त्रिपुरा गिरिको पनि वर्णन गरिएको छ।
यस आधारमा तितौडा नै त्रिपुरागिरि भएको तथ्य स्पष्ट हुन्छ । स्कन्दपुराणमा भने जस्तै तितौडामा देवि त्रिपुराकै आराधाना गर्ने धार्मिक प्रचलन रहेकाले पनी तितौडा नै त्रिपुरागिरि हो । त्रिपुरागिरिमा देवहरुद्धारा पुजित देवि नपुसको बासभएको कुरा स्कन्दपुराणमा यसरी लेखिएको छ ।
ततुस्तु त्रिपुरानाम गिरिर्वै समुदाहृतः
तत्रर्वै पुज्यते देवि त्रिपुरा देव पुजिता ।
यसरी तितौडा जगन्माता देवि त्रिपुराको दिव्यस्थल भएको प्रस्ट हुन्छ ।
तितौडामा त्रिपुरा देवि पुजन लौकिक प्रारम्भः
यस क्षेत्रमा मानव बसोवास पनि धेरै पछी भएको देखिन्छ । यस सन्धर्वमा भारतको कन्नौजबाट आई अछामको घोडासैनमा बसोवास गर्ने जैमिनि गोत्रिय महाँदेव जोशिका सन्तती जयपती उपाध्यायलाई माजी गाउ स्थित दह भन्ने ठाउमा भैसिखर्क गोठान मा रहेका वेला राति सपना भएछ, भोलि आश्विन शुक्ल चतुर्दशी हो दह बण्ड मा पानिकाे तलाउ छ । त्यस तलाउकाे पुर्विस्थानमा दिब्य शिला राखेकी छु सो सिला लाई मेरै स्वरुप मानी पुजा गरी चतुर्दशिको रातभर जाग्राम बस्नु भन्ने देवि त्रिपुराकाे निर्देशन भएछ त्यस पस्चात जयपती उपाध्यायले पनि निर्देशित स्थानमा विहानै गएर हेर्दा सालको पातमा राखिएको एउटा दिब्य शिला प्राप्त गरे र सोही स्थानमा चतुर्दशिको रातभर जाग्राम बसी देवि त्रिपुरासुन्दरिको आरधाना गरे ।

याे विषय करिव वि.सं १७५१ काे थियाे ।
त्रिपुरासुन्दरि मन्दिर जानेसँग गाउँलेहरू जौ,तिल,धान, मकै, फलफूल, प्रगलो र भेटी देवीलाई चढाउनका लागि पठाउने गर्छन् । यसरी अर्पण गर्दा उत्पादनमा बृद्धि हुने, रोग बाट जोगिने र देवीको आशीर्वाद प्राप्त हुने धार्मिक विश्वास रहदै आएको छ । साथै त्रिपुरासुन्दरि मन्दिरकाे दर्शन गर्न जान नसक्ने हरुले मन्दिरमा चढाउनका लागि माहुरीको घार, गाईभैँसी बाँध्ने किलो,गल्याउ लगायत अन्य सामग्रीहरू, सुन, चाँदी वा पित्तलबाट बनाईएका गहना नमुनाका रूपमार पठाउने गर्दछन् । यस्तो कार्यबाट देवी खुसी भई मह माैरी,दुध, पुत,फल,फल्लार रोग-व्याधि टर्छ भन्ने विश्वास जनमानसमा गहिरो रुपमा रहदै आएको छ।
त्रिपुरासुन्दरि पुजा विधि:- त्रिपुरागिरि तितौडामा त्रिपुराको पुजा वैदिक विधिले गरिन्छ । त्रिपुराको पुजा गर्दा प्राप्त दिव्य शिलामा गरिन्छ ।हरेक वर्ष सयौँ श्रद्धालुहरू त्रिपुरासुन्दरि देवीको दर्शनका लागि निष्ठापूर्वक यात्रा गर्ने परम्परा छ । मुख्यतः माता त्रिपुराको पुजा आश्विन शुक्ल चतुर्दशी कोजाग्रत पूर्णिमा र जनैपुर्णिमाको चतुर्दशि श्रवण शुक्ल चतुर्दशी का दिन सात्तिक ढंगले हुन्छ ।
रुद्धाभिषेक बेदपाठ सप्तशती चण्डी पाठ गर्ने, भजन कीर्तन (भगवानकाे पूजा, सेवा,प्रशंसा,महिमा,भक्तिभाव जगाउन स्मरण गर्न,आत्मशुद्ध गर्न,देविसँगको सम्बन्ध मजबुत बनाउने उदेश्यले गरिन्छ )
सामर्थ्यअनुसार पन्चोपचार षोडशोपचारले पुजा गर्ने,फूल (रातो वा गुलाबी), अक्षता, धूप, दीप, चन्दन, नैवेद्य, पान/बेलपत्र, शुद्ध जल, सुन, चादि, तामा, फलामका पुजा सामाग्री र देविका गहना आयुधहरु चढाउने गरिन्छ । यहाँ सन्तानको वर माग्नेले घाट सुनको मुर्ती, विद्याको वर माग्नेले घाट सुनको मुर्ती विभिन्न धातुका कापी कलम, मौरीको वर माग्नेले तामाको मौरी तथा मौरीघार, अन्नको वर माग्नेले सुन चादिको धानको वाला लगाएत भेटी र फलफुल आदि वस्तुहरु देविलाइ अर्पित गर्ने प्रचलन रहेको छ ।
त्रिपुरालाई गाई भैसिको दुध चढाउने कार्य मुख्यरुपमा हुन्छ र त्यसलाई दुधको अगल चढाउने भनिन्छ । देविलाई चढाएर शेष रहेको दुधलाई खिर पकाएर प्रसादका रुपमा वितरण गर्ने चलन छ । आश्विन शुक्ल चतुर्दशिमा मेला लाग्ने हुनाले यस क्षेत्रमा तितौड्या चतुर्दशी भनिन्छ । हाल यस देविस्थलका पुजारी जयपती उपाध्यायकै सन्तान छन् । सोही शिला केहि समय पछी दाणिमपोखरा भन्ने ठाउमा स्थापना गरी चतुर्दशिको रातभर ग्राम बसी देवि त्रिपुराको पुजा गरे । वि सं १९४० सालमा पुर्वोक्त ठाउँवाट नजिकैको तितौडा नामक हालको पुजास्थलिमा स्थापना गर्ने कार्य जयपती उपाध्यायकै सन्तान सम्पती उपाध्याय र भारद्वाज गोत्रीय भुसु देवकोटाको सकृयतामा दाणिमपाेखरा भन्ने ठाउमा मन्दिर स्थापना गरी देवि त्रिपुराको पुजा गरे । सनेहि ठाउँमा वि.सं. २०३८ सालमा नाडा गा.वि.स. निवासी नरेन्द्रबहादुर शाहले त्रिपुरा सुन्दरी भगवतीको मन्दिर निर्माण गरिदिएका थिए।


उक्त मन्दिर जिर्ण भएकाे हुदा वि.स. २०७३ साल मा नयाँ मन्दिर निर्माण भएकाे थियाे । साेहि मन्दिरमा हाल विधिवत पुजा पाठ गरिन्छ ।


यसै ठाउमा धौलपुरो नामक देवताको पनि पुजा स्थल रहेको छ । स्थानिय भाषामा धौलपुरो भनिए पनि देवलपुर वा देवस्थलमा रक्षक भएर रहने शिवांश स्वरुप क्षेत्रपाल नै धौलपुरो हो भनिन्छ ।

यस त्रिपुरासुन्दरी मन्दिर नजिकैकाे घना जंगलमा पानिकाे मुहान रहेकाे छ । जसलाई “वासुधारा” भनिन्छ । साे धारामा स्नान गरि विधिवत रुद्रविषेक पुजा पाठ गर्दा देवि खुसिहुने जनविश्वास रहेकाे छ ।
त्रिपुरासुन्दरी मन्दिर परिसरमा ठुलाे मैदान रहेकाे छ । जसलाई स्थानिय भाषामा “गर्जे” भनिन्छ । साे स्थानमा श्रदालु भक्तजन जम्मा भई रातभर झाेडा, देउडा, न्याउले,रत्याैली लगाएत विभिन्न सांस्कृतिक कार्यक्रम गरिन्छ ।

यहाँ धर्मशाला, सिंढी, मञ्च निर्माण भएका छन् ।

वर्तमान समयमा जैमिनि गोत्रिया घोडासैनी ब्राह्मण परिवारले यस ठाउमा त्रिपुरालाई इस्टदेविका रुपमा पुजा आरधना गर्दै आएका छन् । देविको आशिर्वादले ठुला ठुला कामपनी हुन्छन् भन्ने जनविश्वास छ। तितौडामा श्रद्धालु भक्तजन आएर आश्विन शुक्ल चतुर्दशि रातभरी भजन कृतन खेलमाल गर्ने र माता त्रिपुराको दर्शन गर्दै पुर्णिमाका दिन प्रसाद लिएर फर्किने परम्परा छ । देशका विभिन्न ठाउँ बाट प्रत्येक बर्ष तितौडामा श्रद्धालु भक्तजन वडा दशैंको एकादशिका दिनवाट रुद्धिपाठ चतुर्दशि सम्मन हजारौ भक्तजनहरुले पुजापाठ गर्ने गर्दछन् । श्रदालु भक्तजनले चढाएका ७०-८० किलो सम्मका ठुला घण्टहरु यहाँ रहेका थिए। वि.स. २०५९ सालमा माओवादी जनआन्दोलनको वेला ६०देखी ८० किलो सम्मका ६ वटा ठुला घण्ट संगै साना घण्ट र मन्दिर भित्र रहेका मुर्तिहरु चोरी भएको बताइएको छ। जुन हाल सम्म पनि पत्ता लाग्न सकेका छैनन् ।
त्रिपुरा देविका लौकिक/अलौकिक दृश्यः
-शंख आकारको दह बण्ड
-पानिको तलाउको विचभागमा मध्यान्न राती देखिने दियो वालेको दृश्य
-वसिरहेको वाघ जस्तो दृश्य ।
-त्रिपुरासुन्दरी देवि मन्दिर परिसरमा विभिन्न धुन वजेको
त्रिपुरासुन्दरी मन्दिर, तितौडा अत्यन्तै प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक क्षेत्रको प्रचुर सम्भावना भएकाे क्षेत्र हाे । पौराणिक धार्मिक स्थल त्रिपुरासुन्दरी मन्दिर तितौडा को प्रचार-प्रसार संगै आवस्यकता अनुसार भौतिक पुर्वाधारको विकास निर्माण हुन सकेको छैन ।समयमै राज्यका निकायहरुको ध्यान जान सके पर्यटन,प्रवर्द्धनको माध्यमबाट रोजगारीका अवसरहरू सृजना गरी गरिवी न्यूनिकरण मात्र होइन यहाँका जनताको जीवनस्तरमा नै उल्लेख्य सुधार गर्न सकिने प्रशस्त आधारहरू छन् । पर्यटन,प्रवर्द्धनका दृष्टिले यस क्षेत्रमै आन्तरिक ब्यापार एवम रोजगारमा टेवा पुग्ने छ। पर्यटन नेपालको लागि अत्यन्तै उर्वर र संभावना भएको क्षेत्र भएपनि यस विषयले संघ,प्रदेश र स्थानिय सरकारबाट यथोचित प्राथमिकता पाएको देखिँदैन । परिणामस्वरुप, एकातिर स्थानीय स्तरमा युगौं अघिदेखि चलिआएका रीतिथिति, कलासंस्कृति, संस्कार लोप भएर भविष्यको पिढीले देख्नै नपाउने अवस्था आउने हुन्छ, प्राकृतिक स्रोतसम्पदाको निर्मम दोहनबाट बाढी-पहिरोलगायत अनेकौं बिपत्ति आउने जस्ता समस्या आइलाग्छन भने अर्कातिर अथाह सम्भावनायुक्त पर्यटन क्षेत्रबाट स्थानीय जनताले कुनै आर्थिक लाभ लिन नसक्ने अवस्था सिर्जना हुन्छ ।
लेकाली हावापानी युक्त उच्च स्थानमा रहेकाे याे स्थान प्राकृतिक दृस्ठिकोणबाट अत्यन्तै सुन्दर छ ।त्रिपुरासुन्दरी देवि मन्दिर परिसर वाट वडिमालिका माता, रामारोसन प्रर्यटन क्षेत्र,कर्णाली गंगा, कालिकोट,दैलेख, सुर्खेत, कैलाली जिल्लाको शुन्दर दृश्य/ अछाम जिल्लाको सबै भुभागका शुन्दर दृश्य लगाएत खप्तड क्षेत्रको शुन्दर दृश्य देख्न सकिन्छ।यहाँको बिकासका लागी स्थानिय अगुवा सहित सरोकारवाला सबैको ध्यान जान जरुरी छ।
मन्दिर तिताैडाका पुजारी कृष्ण उपाध्याय बाट प्राप्त भएको हो।
प्रतिक्रिया जनाउनुहाेस्



























