नेपाली कांग्रेसका नेता दिव्यमणिराज भण्डारीले पुनर्निर्माण कोषमा ५१ लाख रुपैयाँ जम्मा गरेर सहयोग गरेका छन्। भण्डारीले उक्त रकम प्रधानमन्त्रीलाई बुझाउँदै दिवंगत शहिदहरूको सम्झनामा सदुपयोग गर्न अनुरोध गरेका छन्। शहिदहरूको आत्मालाई चिरशान्ति मिल्ने कार्यमा रकम प्रयोग गर्न र उनीहरूको नामाङ्कन गरिनु पर्ने बताए। भण्डारीको योगदानलाई पुण्य कार्य र देशसेवाको उदाहरणका रूपमा हेरिएको छ।
प्रतिक्रिया जनाउनुहाेस्




























