विज्ञापन

जेनजी भन्दै सरकारी कार्यालयमा गएर धम्क्याउने अछामका अर्जुन शाही पक्राउ

विज्ञापन
Image
विज्ञापन

काठमाडौं । जेनजी भन्दै विभिन्न सरकारी कार्यालय गएर धम्क्याउने अर्जुन शाही पक्राउ परेका छन् ।

उनलाई कोटेश्वरबाट बुधबार साँझ साढे ७ बजे पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले जानकारी दिए ।

विभिन्न अपराधिक मुद्दामा फरार देखिएकाले पक्राउ गरिएको भट्टराईले बताएका छन् । उनीमाथि थप अनुसन्धान भइरहेको उनले जनाए ।

अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ घर भएका २६ वर्षीय शाहीले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदअंप अधिकारीलाई धम्क्याउँदै राजीनामा मागेका थिए ।

अख्तियार, नेवानीमा पनि ज्ञापन पत्रसहित राजीनामा माग्न पसेका थिए । सुशीला कार्कीकाे शपथकाे क्रममा सुधनसँगै जेनजीकाे सहसंयाेजक बनेर शीतल निवास छिरेका थिए । इलाम २ बाट डाेजर चिन्हमा उपचुनावमा उठेका उनले जम्मा ५५ भाेटमात्र पाएका थिए ।
बैंकिङ कसुर, वैदेशिक राेजगारी ठगीलगायतका विभिन्न आपराधिक कसुरमा शाही फरार थिए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन