३०भाद्र,अछाम ।नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ्ग कम्युनिष्ट लीग नेपाल,अछाम र अनेरास्ववियू(क्रान्तिकारी) अछामले प्रमुख जिल्ला अधिकारी आनन्द सारु मार्फत गृह मन्त्रालय सिंहदरबार काठमाडौं लाई ज्ञापनपत्र बुझाएको छ। नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डमाथी लागेको आरोपको खण्डन गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत गृहमन्त्रालयलाई ज्ञापनपत्र बुझाएको हो।
उक्त ज्ञापनपत्रमा लेखिए अनुसार जेन्जी आन्दोलनको दिन प्रचण्डको घर जलाईनुअघि दुईओटा ट्रकमा, दुई करोड रुपैया लुकाईएको भन्ने कुराको खण्डन गरिएको छ। सामाजिक सञ्जाल तथा बिभिन्न मिडियामा पूर्व प्रहरी महानिरिक्षक देवेन्द्र सुबेदी र अधिबक्ता बालकृष्ण न्यौपानेले झुटो प्रचार गरेको कार्य प्रती गम्भीर ध्यानाकर्षण जनाउदै पुष्टि गर्नुपर्ने बताइएको छ !यदि गलत कुराको भ्रम सिर्जना गरि नागरिकमा वितृष्णा फैलाउने कार्य शैय नहुने बताइएको हो।
साथै तथ्यहिन र राजनितिक प्रतिशोध राखेर चरित्रहत्या गरिएको विषयलाई प्रतिवाद गरिएको छ। प्रचण्डमाथी लगाईएको झुटो आरोपको बिरुद्ध नेपाल प्रहरीको साईबर ब्युरोमा उजुरी दर्ता समेत गरिएको क्रान्तिकारीका जिल्ला सचिव बम रावले जानकारी दिनुभयो।
पत्रमा बिना आधार झुटो आरोप लगाउनेप्रति कानुनी कार्वाही माग गर्दै,तिहारलाई लक्षित गर्दै शान्ति सुरक्षा ब्यबस्थामा कडाइ गर्न माग गरिएको जिल्ला अध्यक्ष रमित साउदले बताए ।भ्रम सिर्जना गर्नेहरुलाइ कार्वाहीको माग गर्दै देशरभरका ७७वटा जिल्ला बाट वाइसीएल र अनेरास्ववियु (क्रान्तिकारी)ले जिल्ला प्रशासन मार्फत ज्ञापन पत्र बुझाएको बताइएको छ। अछाममा पनि हिजो क्रान्तिकारीले र आज वाइसीएलले ज्ञापन-पत्र बुझाएको हो।वाइसीएलको ज्ञापन पत्र संगठनका अछाम अध्यक्ष रमित साउद र प्रदेश सदस्य नृप बहादुर बोगटीको उपस्तिथिमा बुझाइएको थियो भने अखिल क्रान्तिकारीबाट संगठनका जिल्ला सचिव बम रावले हिजो(मंगलवार)वाचन सहित पत्र पेश गर्नुभएको हो।
हेर्नुहोस वाइसीएल नेपाल अछामको ज्ञापन पत्र!

अनेरास्ववियू(क्रान्तिकारी)अछामले बुझाएको ज्ञापन पत्र भाद्र २९गते।



























