कार्तिक ४कंचनपुर, सुदुरपश्चिम। इजरायलमा कार्यरत रहँदा प्यालेस्टाइनको हमास समूहको अपहरणपछि मारिएका कञ्चनपुरका विपिन जोशीको आज अन्त्येष्टि गरिएको छ। महाकाली नदी किनारमा उनको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।
उनको पार्थिव शरीरमा ठुलो बुबाहरु रामदत्त र अम्बादत्त र बुबा महानन्दले संयुक्तरुपमा दागबत्ती दिएको दिएका थिए ।
भीमदत्त नगरपालिकास्थित उनको निवासबाट सुरु भएको शवयात्रामा नेपालका लागि इजरायली राजदूतसहितको टोली, आफन्तजन र सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको छ। हमासले इजरायललाई विपिनको शव बुझाएपछि त्यहाँबाट नेपाल ल्याइएको थियो ।

_MNrBTDRrih.jpg)
_oA6A88glNw.jpg)
_PmSa7ZtmtI.jpg)
_yabkMfKkbu.jpg)
_OdmJFd49eO.jpg)
_JjJnJHXOGR.jpg)
_2DRc3Om6M2.jpg)
प्रतिक्रिया जनाउनुहाेस्



























