विज्ञापन

मापसे गरि होहल्ला गरेपछि ललितपुरको धापाखेलबाट पेस्तोलसहित एकजना पक्राउ

विज्ञापन
Image
विज्ञापन

६ कात्तिक, पाटन ।ललितपुर प्रहरीले ललितपुरको धापाखेलबाट पेस्तोलसहित शिवकुमार विकलाई पक्राउ गरेको छ।
उनको साथबाट चार लाख अठहत्तर हजार रुपैयाँ पनि बरामद भएको छ।
प्रहरीले मादक पदार्थ सेवन गरी होहल्ला गरेको सूचनाका आधारमा  जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक चक्र जोशीले गए राति २ः५० बजे खोटाङ, साकेला गाउँपालिका-१ का शिवकुमार विकलाई पेस्तोलसहित पक्राउ गरिएको जानकारी दिए उनलाई हाल नियन्त्रणमा लिएको छ।

खोटाङ, साकेला स्थानीय ठेगाना भएका विक हाल ललितपुर महानगरपालिका-२३ धापाखेलमा बस्दै आएका थिए ।

‘विकले मादक पदार्थ सेवन गरी होहल्ला गरेको भनी स्थानीय खबर गर्नुभएपछि प्रहरी प्रभाग धापाखेलबाट खटिएको टोलीले शङ्काका आधारमा जाँच गर्दा ५००००४९१ नम्बरको म्याग्जिनसहितको गोली नभएको चाइनिज पेस्तोल थान-१, नगद र मोबाइल फोन पनि बरामद भएको छ,’ जोशीले जानकारी दिए ।विकलाई हाल नियन्त्रणमा लिइ अनुसन्धान सुरु भएको उनले बताए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन