विज्ञापन

रास्वपाले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियालाई औपचारिकता दिन समिति गठन

विज्ञापन
Image
विज्ञापन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२ का लागि उम्मेदवार छनोट प्रक्रियालाई औपचारिक रूप दिन नयाँ समिति गठन गरेको छ।

केन्द्रीय समिति बैठकले सह-महामन्त्री विपिनकुमार आचार्यलाई संयोजकमा समिति गठन गरेको प्रवक्ता मनिष मनिष झाले बताए।

समितिमा सचिवालय सदस्य विराजभक्त श्रेष्ठ, केन्द्रीय सदस्यहरू डा.चन्दा कार्की र राजन गौतम तथा प्रदेश सभापतिहरू पदेन सदस्य रहनेछन्।

रुपन्देही–३ का लागि भने पहिले नै तय भइसकेका उम्मेदवारलाई यथावत् राख्ने निर्णय रास्वपाले गरेको छ।

पार्टीका अनुसार अब समितिले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि योग्य र सक्षम उम्मेदवारको अन्तिम सूची तयार गर्नेछ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन