विज्ञापन

ढकारी गाउँपालिकामा अन्तरपालिका स्तरीय खुल्ला महिला भलिबल प्रतियोगिता हुँदै

विज्ञापन
Image
विज्ञापन

सुरेश देवकोटा,अछाम। अछाम जिल्लाको ढकारी गाउँपालिकामा अन्तरपालिका स्तरीय खुला महिला भलिबल प्रतियोगिता संचालन हुने भयको छ ।

लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तरगत (25, November देखि December 10, 2025) को अवसरमा ढकारी गाउँपालिकाको आयोजना र समविकास नेपाल,अछामको समन्वय र सह-आयोजनामा अछाम जिल्ला अन्तरपालिकास्तरीय खुला महिला भलिवल प्रतियोगिता ढकारी गाउँपालिकामा संचालन हुने भएको हो।

अछामको ढकारी गाउँपालिकाले अछाम जिल्लाका १० वटै पालिका भित्रका सम्पूर्ण खेलाडीहरु तथा सरोकारवालाहरुमा जानकारीका लागि एक सूचना प्रकाशित गरेको छ!

प्रकाशित सुचना अनुसार भलिबल प्रतियोगिताको मितिः२०८२मंसिर १८ र १९ गते बेलुकी ४ बजे सम्म टिम दर्ता समय राखिएको छ भने  प्रतियोगिताको उद्धघाटन मंशिर २० गते हुने बताइएको हो।पाँच दिनसम्म चल्ने प्रतियोगिता मंशिर २४गते सम्म ढकारी गाउँपालिकाको  बुडासैन खेलमैदानमा संचालन हुने सुचनामा उल्लेख गरिएको छ ।

प्रतियोगितामा प्रथम पुरस्कारः रु.१११,१११।सहित ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय पुरस्कारः रु.८१,५००।सहित ट्रफी, मेडल र प्रमाणपत्र, तृतीय पुरस्कार: रु.५१,०००।- सहित मेडल र प्रमाणपत्र  र सान्त्वना पुरस्कार: रु.१५,०००। सहित प्रमाणपत्र प्रदान गरिने ढकारी गाउँपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत नवीन प्रसाद रिमाल द्वारा हस्ताक्षर गरिएको सुचनामा उल्लेख गरिएको छ!

खेलसम्बन्धि अन्य नियमहरु सुचनामा उल्लेख गरिएको छ।

हेर्नुहोस सुचना।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन