विज्ञापन

देशमा रहेको कुशासन र भ्रष्टाचारको अन्त्य नेपाली कम्युनिस्ट पार्टीले गर्नेछ:नेपाल 

विज्ञापन
Image
विज्ञापन

१२ मंसिर, धनगढी। नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले आफ्नो पार्टीले स्वच्छ राजनीतिको अगुवाइ गर्ने बताएका छन् ।

सुदूरपश्चिमको धनगढीमा शुक्रबार आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै नेपालले राजनीतिमा लाग्नेहरूमा इमानदारी र समर्पण हुनु पर्ने बताए ।

उनले राजनीतिक दलहरूमा अपराधीकरण व्याप्त रहेको समेत बताए ।

‘दलहरूमा दलालीकरण, ठेकेदारीकरण, व्यापारीकरण, भ्रष्टीकरण, अपराधीकरणको प्रवृत्ति चुलिएको छ,’ उनले थपे, ‘त्यसलाई अन्त्य गरेर नेपालको राजनीतिलाई स्वच्छ बनाउने कामको अगुवाइ अब नेपाली कम्युनिष्ट पार्टीले गर्नेछ ।’

‘अहिले देशका कुशासन व्याप्त छ । भ्रष्टाचार व्याप्त छ । त्यसलाई अन्त्य गर्ने काममा यो पार्टीले अगुवाइ गर्नेछ,’ उनले भने, ‘राजनीतिमा लाग्नेहरूमा जबसम्म इमान्दारी हुँदैन, समर्पणको भावना, देश बनाउने हुटहुटी र चिन्ता हुँदैन, तबसम्म देश बन्ने अवस्थामा पुग्दैन । हामीलाई देश र जनताको चिन्ता छ ।’

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन