धनगढी, कैलाली। गत भाद्र २३र २४गते नेपालमा भएको जेन्जि विद्रोहले तत्कालीन कांग्रेस एमाले सम्मिलित केपि शर्मा ओलिको गठबन्धन सरकार विघटन गरि हाल नेपालमा सुशिला कार्की नेतृत्वको सरकार रहेको छ ।जेन्जी बिद्रोह पस्चात बनेको कार्की नेतृत्वको सरकारले प्रतिनिधि सभाको निर्वाचन आसन्न फाल्गुन २१गतेका लागि मिति तय गरिसकेको छ ।निर्वाचनको मिति तय संगै सवै प्रदेश -प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय र अधिकृत समेत तोकिसकेको छ ।निर्वाचन कार्यतालिका सार्वजनिक भएसंगै यतिखेर सवै दलहरु सभा,सम्मेलन देखि प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक उम्मेदवार सिफारिस गर्ने अभियानमा जुटिरहेका छन ।यसै सन्दर्भमा जेन्जी विद्रोह पश्चात नव निर्मित नेपाली कम्युनिस्ट पार्टी कैलालीले प्रत्यक्ष र समानुपातिक तर्फ उम्मेदवारको सिफारिस टुंगो लगाएको छ।
नेपालि कम्युनिस्ट पार्टीले प्रतिनिधिसभामा उम्मेदवार सिफारिस गरे संगै समानुपातिक तर्फ नेपाली कम्युनिस्ट पार्टीका नेता प्रकाश नेपाली लगायतका नेताहरुलाई सिफारिस गरेको हो ।
को हुन त प्रकाश नेपाली?
नेता प्रकाश नेपाली बाल्यकालदेखि नै नेपाली राजनीतिमा सक्रियताका साथ लागी रहनुभएको छ।बिकट ठाउ अछाम जिल्लाको ढकारी गा.पा. वडा न.२ मा जन्म भइ समाजसेवामा अनवरत रुपमा लागीपरेका नेपाली संकटकालमा भुमिगत भएर ज्यानको प्रवाह नगरी मृत्युलाई हत्केलामा राखी नेपाली जन्ताको मुक्तिका लागि जनयुद्धमा होमिनु भयो !पार्टी आन्दोलनमा काम गर्दै गर्दा पार्टी कामको सिलसिलामै भारत प्रवासमा जानुभएको थियो । लामो समय प्रवासको राजनितिमा होमिनु भएको नेता नेपालीले भारतमा रहेका नेपालीहरुको दु:खमा अग्रणि मोर्चामा रहि सहयोगी भुमिका खेल्नुभएको थियो।
नेता नेपाली प्रवासको लामो राजनीति पछि हाल कैलाली जिल्ला गौरीगंगां नगरपालिकामा रहेर निरन्तर समाजसेवा गरिरहेको एक दशक बढी भइसकेको छ। राजनीति लाई सदैभ समाज र राष्ट्र परिवर्तनको सम्बाहकको रुपमा बुझने प्रयास गरेको नेता नेपालीले बताउनु हुन्छ।समाज रहेका ब्याप्त कुरिती कुसंस्कार,अन्याय,अत्याचार र भ्रष्टाचारका विरुद्ध निरन्तर धावा बोल्दै आइरहेको हुदा आगामी दिनमा पनि निरन्तर परिवर्तनको पक्षमा आवाज बुलन्द गर्ने प्रतिबद्धता जनाउनु भएको थियो।
उहाले भन्नु भयो ।“मैले राजनितिमा गरेको कर्मले होला यति बेला मंसिर २१ गते हुने संसदिय चुनावको लागि नेपालि कम्यूनिष्ट पार्टी” कैलाली क्षेत्र नं. ४ तथा जिल्ला बाटै सिपारिस हुन सफल भएको छु! यो बिचमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दछु! राजनीति एक आस्था हो! समाज रुपान्तरणको आधार हो। मैले राजनीति लाई परिवार, व्यक्ति भन्दा माथि रहेर समाजसेवाको कर्ममा लाग्नु पर्छ भन्ने मान्यता राख्दछु। यसर्थ मलाइ बिश्वास छ पार्टीले बर्गसंघर्षलाई आत्मसात गर्दै लामो समयको योगदानलाई कदर गर्दै बन्द सुचिमा राख्ने बिषयमा डृढ बिश्वास रहेको छ।´´




























