नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची पेस गरिसकेको छ । सोमबार पार्टीले बन्दसूची बुझाएको हो ।साविकको नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका विभिन्न १६ वामपन्थी घटकबिच एकता गरेर नेपाली कम्युनिस्ट पार्टी बनाइएकोले सबैको सहभागिता सुनिश्चित हुने गरी बन्दसूची बुझाइएको नेकपाले बताएको हो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपाले बुझाएको समानुपातिक सुचीमा यसअघि मन्त्रि र सांसाद भएका बाहेक अधिकांश नयाँलाई अवसर दिएको छ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची पेस गरेको नामावलीमा खसआर्य तर्फ ३२ जनामा टफ आठ जना भित्र अछामकी चर्चित महिला नेत्रि निर्मला साउदको नाम समावेस गरेको हो भने सुदुरपश्चिम प्रदेश महिला कलस्टरबाट सिङ्गल नाम समावेस भएको हो।
को हुन त निर्मला साउद?
सुदुरपश्चिम प्रदेशको अछाम जिल्ला रामारोशन गाउँपालिका-५मा जन्मिनु भएकि साउद बाल्यकालमा २०५७ साल माघ महिना देखी तत्कालिन जनयुद्दको क्रममा कक्षा पाँचमा पढ्दै गर्दा ११ बर्षको उमेरमै समाज रुपान्तरणका लागी श्रमजिवि र सर्वहारा वर्गको मुक्तिका लागी मृत्युसंग जुदधै अगाडी बढ्नु पर्छ भन्ने मुल्य मान्यताका साथमा दश बर्षे जनयुद्दमा छापामार महिलाको भुमिकामा रही परिबर्तनकारी आन्दोलनमा होमिनु भयो।शान्ति प्रक्रिया पश्चात स्थानिय स्तरमा रहि विभिन्न संघ सस्था संग समन्वयगरि उधमशिलता,स्वरोजगार लगायतका तालिम संचालन गरी विपन्न महिला लगायत युवाहरुलाइ रोजगारउन्मुख बनाउन पर्यत्न गर्नुभयो । गरिव,दिनदुखि र अन्यायमा परेका नागरिकहरुको न्यायका लागी अग्रणी मोर्चामा रहि जन्ताको सुख-सुखमा निरन्तर सेवामा तल्लिन रहनुभएकी साउद स्थानिय तहको निर्वाचन २०७९मा तत्कालिन (माओवादि केन्द्र)बाट अछामको बान्निगढि जयगढ गाउपालिकामा उपाध्यक्षमा करिब पाँच सय बढि मत बद्दर हुदा सात मतले उपबिजेता हुनुभएको थियो। साउद अहिले पनि निरन्तर पार्टि आन्दोलनमा संलग्न रहि जन्ताको सेवामा निरन्तर खटिरहनु भएको छ ।पार्टिको जिम्मेवारि संगसंगै संलग्न हुँदाहुदै उत्पादन र श्रममा जोडिनुपर्छ भन्ने मुल मान्यताका साथ एक दशक देखी सुदुरपस्चिम प्रदेशको राजधानि धनगढिमा होटल ब्यवसायमा संचालन गर्दै आउनुभएको छ।साथै धनगढी स्थित मायामेट्रो अस्पतालको जनसम्पर्क समिति सल्लाहकारको भुमिकामा रहदै जन्ताको सेवामा निरन्तर लागिपर्नु भएको छ ।
युद्दकालदेखि आजसम्मको राजनितिक यात्रामा विभिन्न प्रकारका आरोह,अबरोहको सामाना ब्यहोरेकि साउदले आगामी जिबन पनि जन्ताको सेवामा निरन्तर समर्पण गर्ने प्रतिबद्दता गर्नुभयो। पार्टिले आफनो योगदानको कदर गर्दै प्रतिनिधिसभा समानुपातिक तर्फ शिफारिस गरेकोमा पार्टी नेतृत्वलाई धन्यवाद व्यक्त गर्नुभयो। साथै आगामि फाल्गुन२१को निर्वाचनमा प्रत्यक्ष र समानुपातिक तर्फ नेपाली कम्युनिष्ट पार्टिको चुनाब चिन्ह पाँचकुने तारामा मतदान गर्न आम मतदातामा अपिल समेत गर्नुभएको हो।(साउदको जन्मभुमि रामारोशन गापा-५ र कर्म भुमी बान्निगढी जयगढ गाउँपालिका-३रहेको छ)




























