काठमाडौं।नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची पेस गरिसकेको छ । सोमबार पार्टीले बन्दसूची बुझाएको हो ।साविकको नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका विभिन्न १६ वामपन्थी घटकबिच एकता गरेर नेपाली कम्युनिस्ट पार्टी बनाइएकोले सबैको सहभागिता सुनिश्चित हुने गरी बन्दसूची बुझाइएको नेकपाले बताएको हो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपाले बुझाएको समानुपातिक सूचीमा यसअघि मन्त्रि र सांसद भएका बाहेक अधिकांश नयाँलाई अवसर दिएको छ ।
नेपाली कम्युनिस्ट पार्टीले समानुपातिक तर्फको बन्द सूचीमा अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनकी निवर्तमान अध्यक्ष एंवम सह–इन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य पञ्चा सिंहलाई समावेश गरेको छ।
कुशल संगठक युवानेतृ पञ्चा सिंह अखिल (क्रान्तिकारी) को पहिलो महिला अध्यक्ष हुन्। उनी १४ वर्षकै उमेरमा परिवर्तनको संकल्पसहित तत्कालीन नेकपा (माओवादी) ले २०५२ साल फागुन १ गते सुरु गरेको जनयुद्धमा होमिएकी थिइन्। विद्यार्थी आन्दोलनदेखि माओवादी आन्दोलनसम्म उनको निरन्तर सक्रिय सहभागिता रहँदै आएको छ।
उनको आँट, नेतृत्व क्षमता र प्रभावशाली भाषण कलाको व्यापक प्रशंसा समकालीन नेपालि राजनीतिमा हुँदै आएको छ। माओवादी आन्दोलन तथा क्रान्तिकारी विद्यार्थी आन्दोलनका सवालमा उनले दिएका अभिव्यक्ति र धारणाहरू कार्यकर्ता तथा समर्थकमाझ लोकप्रिय मानिन्छन्।
अखिल (क्रान्तिकारी) को अध्यक्षको भूमिकामा रहँदा उनले पार्टी नेतृत्वको गहिरो विश्वास जित्न सफल भइन्। साथै देशव्यापि संगठन निर्माण गर्दै कालोबजारि,भ्रष्टाचार र अन्यायका विरुद्द बुलन्द आवाज जारी राख्नु भयो। यही विश्वासका आधारमा उनलाई तत्कालीन नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सदस्यको जिम्मेवारी समेत दिइएको थियो। पञ्चा सिंह प्रचण्डका विश्वासिला नेतृका रूपमा चिनिन्छिन्।
यसैबीच, नेकपाले यसपटक समानुपातिक सूची तयार गर्दा पहिल्यै संसद, मन्त्री वा अन्य उच्चस्तरीय लाभका पदमा बसेका व्यक्तिलाई सूचीमा नराख्ने बोल्ड र नीतिगत निर्णय गरेको थियो। पार्टीको यो निर्णयलाई पुरानै अनुहार दोहोर्याउने प्रवृत्तिबाट बाहिर निस्कने प्रयासका रूपमा देशब्यापि प्रंसशाका रुपमा लिइएको छ।
नेकपाका अनुसार समानुपातिक सूचीमार्फत बौद्धिक व्यक्तित्व, सामाजिक रूपमा स्थापित व्यक्तिहरू, सहिद परिवार, घाइतेका परिवार, पार्टीप्रति इमानदार तथा संघर्षशील कार्यकर्ता, विशेष गरी युवाहरू र जेन–जी पुस्तालाई समेट्ने प्रयास गरिएको छ। यसलाई पार्टीको पुस्तान्तरण, समावेशिता र नयाँ राजनीतिक संस्कृतिको संकेतका रूपमा हेरिएको छ।
पञ्चा सिंहको समावेशसँगै पार्टीको समानुपातिक सूचीले महिला नेतृत्व, विद्यार्थी आन्दोलन र क्रान्तिकारी पृष्ठभूमिलाई बलियो रूपमा प्रतिनिधित्व गरेको विश्लेषण गरिएको छ।




























