विज्ञापन

नेकपाको अछाम-२बाट प्रतिनिधिसभा(प्रत्यक्षतर्फ)राम प्रसाद तिमिल्सिना सिफारिश

विज्ञापन
Image
विज्ञापन

अछाम। गत  भाद्र २३र २४गते नेपालमा भएको जेन्जि विद्रोहले तत्कालीन कांग्रेस एमाले सम्मिलित केपि शर्मा ओलिको गठबन्धन सरकार विघटन गरि हाल नेपालमा सुशिला कार्की नेतृत्वको सरकार रहेको छ ।जेन्जी बिद्रोह पस्चात बनेको कार्की  नेतृत्वको सरकारले प्रतिनिधि सभाको  निर्वाचन आसन्न फाल्गुन २१गतेका लागि  मिति  तय गरिसकेको छ ।निर्वाचनको मिति तय संगै सवै प्रदेश -प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय र अधिकृत समेत तोकिसकेको छ ।निर्वाचन कार्यतालिका  सार्वजनिक भएसंगै यतिखेर सवै दलहरु सभा,सम्मेलन देखि प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक उम्मेदवार सिफारिस गर्ने अभियानमा जुटिरहेका छन ।सोमबार मात्र विभिन्न राजनीतिक दलहरुले सामानुपातिक बन्द सुचि निर्वाचन आयोगमा पेश गरेका छन।

जेन्जी विद्रोह पश्चात नव निर्मित नेपाली कम्युनिस्ट पार्टी अछामले प्रत्यक्ष र समानुपातिक  तर्फ उम्मेदवारको सिफारिस टुंगो लगाएको छ।उक्त पार्टीले प्रतिनिधिसभामा उम्मेदवार सिफारिस गरे संगै अछाम क्षेत्र नम्बर-२बाट राम प्रसाद तिमिल्सिना(राप्ती) लगायतका नेताहरुलाइ शिफारिस गरेको हो ।

को हुन त राम प्रसाद तिमिल्सिना?

नेता तिमिल्सिना अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका स्थित वडा नम्बर -१ कुइकामा वि.स.२०३१मङ्सिर-२५ मा जन्मिनु भएको हो।बाल्यकाल देखि नै  बिद्रोही स्वभावको रुपमा परिचित नेता तिमिल्सिनाले ब्यबस्थापन संकायबाट स्नातकतह सम्मको शिक्षा हासिल गर्नुभएको हो।जनयुद्ध पुर्ब देखि नै कैलाली बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीमा आबद्द भइ राजनीतिमा सकृय रहेका तिमिल्सिना -वि.स.२०५३ सालमा अखिल क्रान्तिकारी बाट स्वबियु सभापतिमा प्रस्तिस्पर्धा समेत गर्नुभएको हो ।

दश बर्षको जन्युद्दका क्रममा जनताको मुक्तिका लागि परिवर्तनकारी आन्दोलनमा होमिएका तिमिल्सिना २०५४मा अछाम  जेलमा ६ महिनासम्म यातना भोग्नु परेको  थियो।२०५५ साल माघ देखि २०६१ माघ सम्म कैलाली कारागारमा राज्य बिप्लब मुद्दा लगाइ ६वर्ष  सम्म कठोर यातनामा  जेल जिबन बिताउनु परेको थियो ।

युद्दकालमा हरेक आन्दोलन र घटनामा अग्रणी मोर्चामा रहि आफ्नो  ज्यानको प्रवाह नगरी विभिन्न संघर्षमा लडनु भएका तिमिल्सिना  निरन्तर जन्ताको पक्षमा वकालत गर्दै आइरहेका नेता हुन।तत्कालिन माओवादी केन्द्रका केन्द्रिय सदस्य समेत रहेका तिमिल्सिना जनयुद्ध देखी हालसम्म जनताको पक्षमा संघर्षरत रहि अहिले सम्म कुनै पनि अवसर प्राप्त  नगरेका  अन्टेस्टेड नेता हुन। प्रतिनिधिसभामा सिफारिस भएसंगै अछाम क्षेत्र नम्बर-२मा विभिन्न राजनीतिक चर्चापरिचर्चा भइरहेको छ।नेता तिमिल्सिनाले टिकट पाउनु पर्नेमा नेता कार्यकर्ता बलियो मत रहेको छ ।

उहाँले साहित्यिक विधामा कलम चलाउदै वि.स.२०८० मा भाषा तथा साहित्य बिधामा प्रादेशिक प्रतिभा पुरस्कार प्राप्त गर्नुभएको थियो।कृतिहरुमा आगो र सपनाहरू (कबिता संग्रह ),जेल र ज्वालामुखी (निबन्ध संग्रह )अंकुरण (कथा संग्रह )समेत प्रकाशन गरिसक्नु भएको छ।( स्रोतका अनुसार अछाम क्षेत्र नम्बर२बाट प्रतिनिधिसभामा शरद सिंह भण्डारी,भरत साउद,राम प्रसाद तिमिल्सिना,जानकि साउद,जोरासिंङ बिष्ट,बम बहादुर रावत,कमलसिंह क्षेत्री,शिव बहादुर बोगटी,रत्ना रिमाल लगायतको सिफारिस गरिएको बताइएको हो)।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन