सुरेश देवकोटा,अछाम। गत भाद्र २३र २४गते नेपालमा भएको जेन्जि विद्रोहले तत्कालीन कांग्रेस एमाले सम्मिलित केपि शर्मा ओलिको गठबन्धन सरकार विघटन गरि हाल नेपालमा सुशिला कार्की नेतृत्वको सरकार रहेको छ ।जेन्जी बिद्रोह पस्चात बनेको कार्की नेतृत्वको सरकारले प्रतिनिधि सभाको निर्वाचन आसन्न फाल्गुन २१गतेका लागि मिति तय गरिसकेको छ ।निर्वाचनको मिति तय संगै सवै प्रदेश -प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय र अधिकृत समेत तोकिसकेको छ ।निर्वाचन कार्यतालिका सार्वजनिक भएसंगै यतिखेर नया र पुरान दलहरु सभा,सम्मेलन देखि प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक उम्मेदवार सिफारिस गर्ने अभियानमा जुटिरहेका छन ।सोमबार मात्र विभिन्न राजनीतिक दलहरुले समानुपातिक बन्द सुचि निर्वाचन आयोगमा पेश गरेका छन।
जेन्जी विद्रोह पश्चात बनेको नव निर्मित नेपाली कम्युनिस्ट पार्टी अछामले प्रत्यक्ष र समानुपातिक तर्फ उम्मेदवारको सिफारिश टुंगो लगाएको छ।रुपान्तरण खबरलाई प्राप्त स्रोतका अनुसार उक्त पार्टीले प्रतिनिधिसभामा उम्मेदवार सिफारिश गरे संगै अछाम क्षेत्र नम्बर-२बाट नौ जनाको नाम सिफारिश गरिएको बताइएको हो।जस अन्तर्गत शरद सिंह भण्डारी,राम प्रसाद तिमिल्सेना,भरत साउद,जानकि साउद,जोरासिङ बिष्ट,बम बहादुर रावत,रत्ना रिमाल,शिव बोगट्टी र कमल सिंह क्षेत्री लगायतको नाम उल्लेख गरिएको हो ।
जिल्लामा यतिखेर सिफारिस उम्मेद्वारका बारेमा विभिन्न चर्चा परिचर्चा सुरुहुन थालेको छ।फाल्गुन२१को निर्वाचनलाई नया र पुराना दल सहित आम नागरिकहरुले रोचकपुर्ण तरिकाले नियालिरहेको पाईन्छ ।





























