धनगढी कैलाली । गत भाद्र २३र २४गते नेपालमा भएको जेन्जि विद्रोहले तत्कालीन कांग्रेस एमाले सम्मिलित केपि शर्मा ओलिको गठबन्धन सरकार विघटन गरि हाल नेपालमा सुशिला कार्की नेतृत्वको सरकार रहेको छ ।जेन्जी बिद्रोह पस्चात बनेको कार्की नेतृत्वको सरकारले प्रतिनिधि सभाको निर्वाचन आसन्न फाल्गुन २१गतेका लागि मिति तय गरिसकेको छ ।निर्वाचनको मिति तय संगै सवै प्रदेश -प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय र अधिकृत समेत तोकिसकेको छ ।निर्वाचन कार्यतालिका सार्वजनिक भएसंगै यतिखेर नया र पुरान दलहरु सभा,सम्मेलन देखि प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक उम्मेदवार सिफारिस गर्ने अभियानमा जुटिरहेका छन भने देशब्यापिरुपमा टेस्टेड र अनटेस्टेडको पक्ष-विपक्षमा मत सामाजिक संजालमा जाहेर भइरहेका छन ।गत सोमबार मात्र विभिन्न राजनीतिक दलहरुले समानुपातिक बन्द सुचि निर्वाचन आयोगमा पेश गरेका छन।नया र पुराना राजनीति दहलहरुले पेश गरेको बन्दसुची सार्वजनिक भएसंगै जनतामा विभिन्न टिकाटिप्पणी भइरहेको पाइन्छ।
जेन्जी विद्रोह पश्चात बनेको नव निर्मित नेपाली कम्युनिस्ट पार्टी कैलालीले प्रत्यक्ष र समानुपातिक तर्फ उम्मेदवारको सिफारिश टुंगो लगाएको छ।उम्मेदवार सिफारिस गरेसंगै कैलाली जिल्लाको क्षेत्र नम्बर-३बाट नेकपाले विपिन आचार्य लगायतका नेताहरू सिफारिस गरेको हो ।
कैलाली जिल्ला घोडाघोडी नगर पालिका वाड नम्ब- ११निवासी नेता आचार्य स्वच्च छवि र अनटेस्टेड पात्र हुन साविकको नेकपा माओवादी केन्द्रको सुदुरपश्चिम प्रदेश सदस्य समेत रहेका नेता बाल्यकाल देखि नै माओवादी आन्दोलनमा होमिनुभएको हो ।कठोर संघर्षका वाफजुत निरन्तर जन्ताको सेवामा लागिपरेका आचार्य क्षेत्र नम्बर ३मा रुचाइएका पात्र हुन।स्पष्ट दृष्टिकोण भएका नेता आचार्य राजनीतिमा नयाँ व्यवस्थाको पहल गर्ने युवा हुनुहुन्छ। अहिले सम्म कुनै पनि लाभको पदमा नरहेका युवा नेता आचार्य विद्रोही स्वभावका परिवर्तनकारी एंवम गतिशील पात्र हुन।शिक्षा क्षेत्रमा गरेको परिवर्तन संगै समाज हुनेगरेका अन्याय,अत्याचार र भ्रष्टाचारका बिरुद्ध खरो आवाज बुलन्द गर्ने पात्रका रुपमा परिचित भएकाले जनता र पार्टी कार्यकर्तामा नेता आचार्यलाई समकालीन नेताहरु मध्य नेकपाबाट उम्मेदवारी बनाउनुपर्ने चर्चापरिचर्चा हुन थालेको छ । यतिखेर कैलाली क्षेत्र नम्बर ३मा मतदाताहरुले सवै उम्मेदवारहरुलाइ नजिक बाट नियालिरहेको पाइन्छ ।पार्टी संगठनको कार्यभार सफलतापूर्वक बोक्न सक्ने, जनयुद्धका कुशल कमाण्डर,पार्टीलाई गतिशील र जन्ताका माग मुद्दाहरुलाइ दरिलो ढंगबाट संदनमा प्रस्तुत गर्न सक्ने दृढ इच्चा शक्ति र सकल्प भएका आचार्यलाई प्रतिनिधि सभा सदस्य मा देख्न पाईयो भने, कानुन निर्माणमा, संसदमा नेपालको सीमा सुरक्षा र राष्ट्रिय स्वाधिनताका विषयमा जबर्जस्त वकालत गर्न सक्ने ,सामाजिक न्यायका लागि वर्षौंदेखि लड्दै आएको, सुशासनका पक्षमा उभिने, बेथिति र भ्रष्टाचारविरुद्ध खरो रूपमा प्रस्तुत हुने नेतृत्व रुपमा परिचित आचार्यलाइ पार्टीले उच्च मुक्याङकन गर्नुपर्नेमा नेता कार्यकर्ता एंवम सर्वसाधारणको मत रहेको पाइन्छ।
नेता आचार्यका अनुसार पार्टीले आफुलाइ यसपटक जनतामाझ जाने अवसर प्रदान गर्नेमा विस्वस्त रहेको बताउनु भयो।आफू निरन्तर सदैव राष्ट्रिय स्वाधीनताको विषयमा बोल्ने, सक्रियाताका साथ जनहितमा रह्दै , अन्तरपार्टी बिचको सम्बन्धलाई पनि सुदृढ बनाउने, समानुपातिक, समावेशी मूल्य मान्यताका पक्षमा वकलत गर्ने आवाज बिहिन को आवाज र युवाहरूको माझ सहकार्यका साथ जाने प्रतिवद्दता समेत जाहेर गर्नुभएको थियो।आचार्यका भन्नुहुन्छ आम जन्तामा अहिले यसो भनिरहदा हामिले बुझ्नै पर्ने कुरा, एउटा व्यक्ति धेरै पटक दोहोरिँदा नाफा नोक्सान त हुन्छ नै, विधि र प्रक्रियागत नेतृत्व विकास रोकिन्छ । जनचाहना र युवाहरूको चासो घट्छ।भन्ने मनोविज्ञानलाइ पार्टीले उच्च मनन गर्ने बताउनु भयो।





























