विज्ञापन

कांग्रेसको विशेष महाधिवेशनमा ‘विशेष महाधिवेशन कार्यविधि–२०८२’ पारित

विज्ञापन
Image
विज्ञापन

काठमाडौँ। नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत भृकुटीमण्डपमा जारी बन्दसत्रमा पेस भएको ‘विशेष महाधिवेशन कार्यविधि–२०८२’ पारित भएको छ ।

अधिवक्ता समेत रहेका महाधिवेशन प्रतिनिधि नारायण भट्टराईले पेस गरेको कार्यविधि सर्वसम्मत पारित भएको हो । 

सो कार्यविधिमा महाधिवेशनले के–के छलफल र निर्णय गर्ने भन्ने विषय समेटिएको भनिएपनि के–के विषय राखिएको छ भन्नेबारे प्रस्ट भइसकेको छैन ।

सोमबार बिहानदेखि ज्येष्ठ सदस्य श्याम कुमार खड्काको अध्यक्षतामा बन्दसत्र सुरु भएको हो । बन्दसत्र र समग्र विशेष महाधिवेशनलाई शेरबहादुर देउवा समूहले भने बहिस्कार गरेको छ । 

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन