काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते नै चुनाव हुने दाबी गरेका छन्।
प्रधानमन्त्री सुशीला कार्कीसहितको टोलीले मतपत्र छपाइ स्थलको अवलोकन गरेपछि मौसमले पनि साथ दिने देखिएको बताए।
उनले भने, ‘मौसम पूर्वानुमान गर्दा हिउँ पर्दैन कि भन्ने जानकारी प्राप्त गरेका छौँ। केही ठाउँमा हिउँ पर्यो भने पुन मतदान हुन्छ, एकै चरणमा हुन्छ, दुई चरणमा हुँदैन।’
देश र संविधान बचाउनको लागि चुनाव अपरिहार्य रहेको कुरामा सबै एकमत रहेको बताए।
उनले चुनाव गराउनको लागि सुरक्षा चुनौती नरहेको जिकिर गरे। सातै प्रदेशमा सुरक्षा गोष्ठी सम्पन्न गरेर आइरहेको भन्दै भदौ २३ र २४ पछि नागरिकहरू पनि सचेत हुँदै गएको बताए। उनले चुनाव पहिलाको भन्दै धेरै शान्तिपूर्ण रूपमा हुने विश्वास व्यक्त गरे।
प्रतिक्रिया जनाउनुहाेस्























