१९ फागुन, बुटवल । रुपन्देहीको देवदहमा यात्रुबाहक बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा देवदह ७ निवासी २८ बर्षिय सुनिल पाण्डे रहेको देवदह प्रहरी चौकीका इन्चार्ज भीमसेन विष्टले जानकारी दिए ।
बुटवलबाट काठमाडौं जाँदै गरेको लुप्र०१-००१ ख ०८१६ नं को बसले विपरीत दिशातर्फ आउँदै गरेको लु९२प ७९९० नम्बरको स्कुटरलाई देवदह–९ घोडाहा काँटा चोकमा ठक्कर दिँदा दुर्घटना भएको हो
दुर्घटनामा परि देवदह–५ कै २८ वर्षीय कृष्ण पाइजा घाइते भएका छन् । राति साढे १० बजे बसले स्कुटरलाई ठक्कर दिएको र तत्काल उद्धार गरी पाण्डे र पाइजा दुवैजनालाई अस्पताल पुर्याए पनि उपचारको क्रममा पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया जनाउनुहाेस्


























