विज्ञापन

वर्तमान सरकारलाई पूर्ण रूपमा सहयोग गर्ने नेकपाको निर्णय

विज्ञापन
Image
विज्ञापन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले वर्तमान सरकारलाई पूर्ण रूपमा सहयोग गर्ने निर्णय गरेको छ।

आज बसेको संसदीय दलको बैठकले नयाँ बनेको सरकारलाई रचनात्मक रूपमा सहयोग गर्ने निष्कर्ष निकालेको हो। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता महेन्द्रबहादुर शाहीले सरकारलाई सहयोग गर्ने तर गलत बाटोमा गएमा सचेत गराउने बताए।

उनले भने, ‘अहिलेको सरकारलाई हामी पूर्ण सहयोग गर्छौँ। असहयोग गर्ने हाम्रो नीति छैन। तर सरकार गलत दिशामा जानु हुँदैन, हामी रचनात्मक रूपमा साथ दिन्छौँ।’

शाहीले सरकारले हालै सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची सकारात्मक भए पनि त्यसको प्रभावकारी कार्यान्वयन चुनौतीपूर्ण रहेको उल्लेख गरे। उनले ती कार्यसूची सफलतापूर्वक कार्यान्वयन गर्दै देशलाई सुशासनतर्फ अगाडि बढाउनुपर्नेमा जोड दिए।

त्यस्तै, पूर्वप्रधानमन्त्रीहरूको सम्पत्ति छानबिन गर्ने विषयमा पनि पार्टीले सहयोग गर्ने उनले बताए। राज्य सञ्चालन कुनै आग्रह वा पूर्वाग्रहबाट नभई निष्पक्ष रूपमा हुनुपर्नेमा उनले जोड दिए।

‘अहिले भइरहेका गतिविधिहरूमा आवश्यक कारबाही हुनु स्वाभाविक हो, उनले थपे।साथै, चुनावी विषयमा छलफल गर्न पार्टीको केन्द्रीय समितिको बैठक छिट्टै बोलाइने जानकारी पनि उनले दिए।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन