विज्ञापन

नेकपा एमाले सचिवालय बैठकबाट:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सदस्यता दिने निर्णय

विज्ञापन
Image
विज्ञापन

जेठ-४, काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सदस्यता दिने निर्णय गरेको छ ।

सोमबार दिउँसो पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको सचिवालय बैठकले भण्डारीलाई सदस्यता दिने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।आज बसेको बैठकले भण्डारीलाई सदस्यता दिने निर्णय मात्रै गरेको उपमहासचिव भट्टले जानकारी दिए ।

अन्य विविध विषयमा छलफल भएको भए पनि निर्णय हुन बाँकी रहेको उनले बताए । उपमहासचिव भट्टका अनुसार, अर्को बैठक जेठ ८ गते बस्नेछ ।

गत वर्ष साउन पहिलो साता भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय एमालेले गरेको थियो ।एघारौं राष्ट्रिय महाधिवेशनबाट पार्टीकै नेतृत्व लिनेगरी भण्डारीका गतिविधि अगाडि बढेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले सदस्यता नवीकरण नगर्ने निर्णय सुनाएका थिए । ओलीको त्यो निर्णयलाई उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल लगायतले साथ दिएका थिए ।

हिजो (आइतबार) मदन स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा भण्डारीलाई प्रमुख अतिथि बनाइएको थियो ।यसअघि भण्डारीले पार्टी सदस्यता लिन खोज्दा एमाले अध्यक्ष ओली लगायतका नेताहरूले राष्ट्रपति भइसकेको व्यक्ति सबैको साझा हुने भएकाले पार्टीमा सक्रिय बन्न नमिल्ने तर्क गरेका थिए । गणतान्त्रिक व्यवस्थामा कस्तो मानक स्थापित गर्ने भन्ने एमालेले उदाहरण दिन सक्नुपर्ने उनीहरूको धारणा थियो ।

पार्टीले यस्तो निर्णय गरेपछि भण्डारीले आफू पक्षका नेताहरूलाई गोलबद्ध गर्दै समानान्तर गतिविधि पनि गर्दै आएकी थिइन् । गत महाधिवेशनमा उनको समेत समर्थन लिएर ईश्वर पोखरेल अध्यक्षमै प्रतिस्पर्धा समेत गरेर उपविजेता भथिए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन