विज्ञापन

वन कार्यालयको कार्यशैलीप्रति वाइसीएल नेपालको आपत्ति, पीडितलाई क्षतिपूर्ति र दोषीमाथि कारबाहीको माग

विज्ञापन
Image
विज्ञापन

धनगढी, असार ३१ —नेपाली कम्युनिस्ट निकट योंङ कम्युनिस्ट लिग (वाइसीएल) नेपाल, सुदूरपश्चिम प्रदेश समितिले वन संरक्षणको नाममा गरिब तथा श्रमिक जनतामाथि भइरहेको दमनप्रति गम्भीर आपत्ति जनाउँदै सरकारसँग निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेको छ।
वाइसीएल नेपाल सुदूरपश्चिम प्रदेश समितिले जारी गरेको प्रेस विज्ञप्तिमा कैलाली जिल्लाको गोदावरी नगरपालिला-४को गोदावरी सामुदायिक वन संरक्षण आवश्यक विषय भए पनि संरक्षणको नाममा निमुखा, गरिब तथा श्रमिक नागरिकमाथि मात्र दमन गर्न नहुने उल्लेख गरिएको छ। विज्ञप्ति अनुसार विभिन्न प्राकृतिक प्रकोप तथा आर्थिक अभावका कारण सार्वजनिक तथा वन क्षेत्र आसपास बसोबास गरिरहेका नागरिकमाथि वन कार्यालयका कर्मचारीहरूले कठोर व्यवहार गरिरहेको आरोप लगाइएको छ।
विज्ञप्तिमा विशेषगरी असार ३० गते गोदावरी नगरपालिका–४ निवासी धना देवी धामीले जीविकोपार्जनका लागि प्रयोग गर्दै आएको टहरा जबरजस्ती भत्काइ टेम्पो भिरमा खसालेको घटनाप्रति आपत्ति जनाइएको छ। उक्त घटनाले राज्य संयन्त्रको गैरजिम्मेवार र अमानवीय चरित्र उजागर गरेको वाइसीएलको दाबी छ।
संगठनले वन अतिक्रमण नियन्त्रणको नाममा गरिब नागरिकमाथि मात्र शक्ति प्रदर्शन गर्ने प्रवृत्ति गलत भएको उल्लेख गर्दै सुदूरपश्चिमका विभिन्न जिल्लामा वन क्षेत्र मिचेर सञ्चालन भइरहेका ठूला संरचना र बसोबासप्रति सम्बन्धित निकाय मौन बसेको आरोपसमेत लगाएको छ।
वाइसीएलले घटनाको घोर भर्त्सना गर्दै पीडित नागरिकप्रति ऐक्यबद्धता जनाएको छ। साथै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही, पीडितलाई उचित क्षतिपूर्ति तथा सम्मानजनक पुनःस्थापनाको व्यवस्था गर्न नेपाल सरकारसँग माग गरेको छ।
यस्तै, आगामी दिनमा यस्ता अमानवीय तथा विभेदपूर्ण गतिविधि दोहोरिए वाइसीएल नेपाल जनताको पक्षमा सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनीसमेत दिएको छ।
प्रेस विज्ञप्तिमा वाइसीएल नेपाल सुदूरपश्चिम प्रदेशका इन्चार्ज शिव बोगटी र संयोजक बसन्त सिंह कार्कीको हस्ताक्षर रहेको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन