विज्ञापन

कांग्रेसको पूर्वकार्यवाहक सभापति खड्का इतर समूहले आयोजना गरेको तीन दिने भेलाको समापनमा किन गएनन्

विज्ञापन
Image
विज्ञापन

जेनजी आन्दोलनपछि सभापति देउवाले आफू राजनीतिबाट विश्राम लिने भन्दै पूर्णबहादुरलाई कार्यवाहक सभापति सुम्पिएका थिए । तर केही समयपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गरे । त्यससँगै कांग्रेसमा अनौपचारिक विभाजन आएको थियो । इतर पक्षको नेतृत्व पूर्णबहादुरले गरिरहेका थिए ।

निर्वाचन आयोग र अदालतले समेत गगनले नेतृत्व गरेको कांग्रेसलाई वैधानिकता दियो । सोपश्चात इतर पक्षका थुप्रै नेताहरूले गगनबाट टिकट लिएर चुनावमा भाग लिए । खड्काले पनि टिकट पाएनन्/लिएनन् । इतर पक्षबाट चुनाव लडेका सबैजसो पराजित भए । चुनावमा कांग्रेसको नतिजा निराशाजनक भएपछि इतर पक्षले समानान्तर गतिविधि गर्दै आएको छ ।

पछिल्लो समय नेता खड्का भने समानान्तर गतिविधिको पक्षमा नरहेको निकट स्रोत बताउँछ । उनी अहिले राष्ट्रिय भेला गर्नेमा पनि सहमत थिएनन् । उनी पन्छिएपछि भेलाको संयोजक शशाङ्क कोइरालालाई बनाइएको हो । त्यसयता कोइराला नै इतर पक्षको नेता बनेका छन् । आज समापन हुने भेलाले १५ औँ महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ । यसको पनि संयोजन गर्ने जिम्मेवारी शशाङ्कलाई दिइएको छ ।

स्रोतका अनुसार पूर्णबहादुर भने पार्टी विभाजनको पक्षमा छैनन् । पार्टीको आधिकारिताबारे दायर भएको मुद्दामा अदालतले पुनरावलोकनको आदेश दिएको हुँदा त्यसको फैसला पर्खिनुपर्ने उनको राय छ । तर इतर पक्षका अधिकांश नेताहरूले भने धैर्यता गुमाइसकेका छन् ।

भेलाको पहिलो दिन खड्का सहभागी भएका थिए । उनले भाषण पनि गरे । आफ्नो भाषणमा उनले देउवाकै नेतृत्वमा कांग्रेसलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका थिए । स्रोतका अनुसार त्यस दिन पनि खड्का भेलामा जान इच्छुक थिएनन् । भर्खर विदेशबाट फर्किएका पूर्वसभापति देउवाले निको नमान्लान् भनेर उनी गइदिएको स्रोतले बतायो । अब खड्का इतर पक्षले गर्ने समानान्तर गतिविधिमा संलग्न नहुने स्रोतको दाबी छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन