विज्ञापन

सुदुरपश्चिम प्रदेशमा खगराज भट्टको नेतृत्वमा एक हप्ता भित्र नयाँ सरकार बन्दै

विज्ञापन
Image
विज्ञापन

काठमाडौं। सुदूरपश्चिम प्रदेशमा एक हप्ता भित्र नै नयाँ सरकार गठन हुने भएको छ। नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार नेकपा संसदीय दलका नेता खगराज भट्ट नयाँ मुख्यमन्त्री बन्ने भएका छन ।

केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा नेकपाभित्र मुख्यमन्त्री चयनलाई लिएर किचलो भएको भन्ने चर्चा भए पनि,ती दाबी निराधार रहेको नेपाली कम्युनिष्ट पार्टीका सुदूरपश्चिम इन्चार्ज भानुभक्त जोशीले बताएका छन् । नेकपा संसदिय दलमा सुदूरपश्चिममा कुनै किचलो र समस्या नरहेको भन्दै उनले अल्पमतमा रहेको सुदुरपश्चिम सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले बाटाे खाेल्ने बित्तिकै नयाँ सरकार गठन हुने बताए ।

अल्पमतमा परेको भएपनि उहाँले आधिकारीक रुपमा राजिनामा नदिएका कारण सरकार निर्माणमा केही ढिलाइ भएको उनकाे भनाइ छ । पुरानो सरकारले मार्ग प्रसस्त गर्ने बित्तिकै नेकपा संसदीय दलका नेता खगराज भट्ट स्वभाविक रूपमा मुख्यमन्त्री बन्ने र बाँकी दुबै दलका मन्त्रालय बाँडफाँट समेत चाडै टुंगिने उनले बताए।

नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले सत्ता सहकार्यको समझदारी गरेसंगै सुदूरपश्चिममा मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत पाउने सम्भावना छैन । एक महिनाभित्र विश्वासको मत परिक्षण गर्न पाउने संबैधानिक व्यवस्था अनुरूप उनले संसदमा विश्वासको मत परिक्षण भने गर्न पाउने छन ।

नेकपा एमाले र नेकपा सहमती अनुसार सरकार निर्माणको छलफलमा जुटेका छन । कर्णाली र सुदुरपश्चिम गरी दुइ प्रदेशमा सरकारको नेतृत्व पाएको नेकपाले कर्णाली प्रदेशमा नेकपा संसदीय दलका नेता मंगल बहादुर शाही मुख्यमन्त्रीमा नियुक्त भइसकेका छन ।सुदुरपश्चिममा पनि छिट्टै सरकार गठन हुने दुबै दलका नेताहरूको भनाइ रहेको छ । मन्त्रीमा भने टुंगो लागेको छैन साबिकको माओवादी केन्द्र बाट एक, साबिककोसमाजबादी बाट एक,साबिकको नागरिक उन्मुक्ति बाट एक गरि तीन र  अन्य तीन  जना  नेकपा एमाले बाट मन्त्री हुने सत्ता साझेदार दलका एक नेताले रुपान्तरण खबर लाई बताएका छन । मन्त्री बन्ने लाइनमा दर्जनौं नेताहरु दौडधुपमा लागीरहेका छन ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन